२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई बर्षपछि खुलेको मलेसिया रोजगारको पहिलो लट नम्वर ‘२५८८१६’

२०७८, १ चैत्र मंगलवार १०:४१

अनिल अधिकारी । चैत १, काठमाडौँ । कोरोना महामारीको कारण २०२० मार्चदेखि बन्द मलेसिया रोजगार औपचारिक रुपमै खुलेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले साझा सवाल मिडियालाई दिएको जानकारी अनुसार मंगलबार पहिलो पटक मलेसियाको रोजगारदाताको मागपत्रलाई नयाँ विज्ञापन पुर्व स्वीकृति नम्बर 'लट नम्वर' प्रदान गरिएको छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुसार मलेसिया खुलेपछिको पहिलो बिज्ञापन पुर्व स्वीकृति नम्बर (LT) २५८८१६ जारी भई बिभागको वेबसाइटमा सार्वजनिक भएको छ । 

दुई बर्षदेखि रोकिएको मलेसियाको पहिलो विज्ञापन पुर्व-स्वीकृति मलेसियाको WWTC CONSTRUCTION SDN BHD को लागि २५ जना कन्स्ट्रक्सन वर्कर पदमा स्वीकृति भएको छ । यो डिमाण्ड काठमाडौँको चन्द्र कामना म्यानपावर प्रालिमा आएको छ । यो मागपत्र मलेसिया स्थित नेपाली दुतावासले २३ फेव्रुअरीमै प्रमाणीकरण गरेको हो । 

त्यस्तै ताहाचलस्थित कार्यालयले मलेसियाका थप ४३ कम्पनीको डिमाण्डको पनि बिज्ञापन पुर्व स्वीकृति दिने क्रममा रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार आज मंगलबार मात्र ३० कम्पनीको निवेदन दुतावासबाट प्रमाणीकरण भई बिज्ञापन पुर्व स्वीकृतिको लागि आएको छ । मंगलबार आएको ६० विदेशी कम्पनीको पुर्व-स्वीकृति निवेदन मध्ये आधा मलेसिया रोजगारको लागि रहेको छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक तथा सूचना अधिकारी हरिराम नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकोले अब दुतावासले प्रमाणित गरेको डिमाण्डको निवेदनले धमाधम बिज्ञापन पुर्वस्वीकृति पाउनेछ । 


मलेसिया रोजगारको लागि विशेषगरी कन्स्ट्रक्सन वर्कर, सेक्युरिटी गार्ड र म्यनिफ्याक्चरीङ अन्तर्गत कामदारहरुको माग आउने गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियामा नेपालीलाई रोजगार गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणीकरण भई आएको मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै