२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ?

४ चैत्र २०७८, शुक्रबार १२:०७

चैत ४, काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले रोजगार सम्झौता गरेर नेपाल पठाइसकेको छ । अब झण्डै ९० जनाको रोजगार सम्झौता पत्र आउन बाँकी छ ।   

वैदेशिक रोजगार विभागले ८०० जना कामदारसँग सम्झौता पनि गरिसकेको छ । उनीहरू इजरायल प्रवेशाज्ञाको प्रतीक्षामा छन् । इजरायल पुगेका कामदारहरूले एक महिनाको तलबभत्ता पनि बुझिसकेका छन् । तर, प्रवेशाज्ञाको प्रतीक्षामा रहेकाहरू भने कहिले जान पाउने भन्ने अन्यौलमा छन् । 

विभागका निर्देशक तथा इजरायल केयरगिभर सम्बन्धी हेर्ने निकायका संयोजक श्रीचन्द्र शाहले नेपालको कारण नभई इजरायलकै कारण रोकिएको बताए । ‘हाम्रो कारणले रोकिएको होइन, समस्या उनीहरूकै हो । नेपालस्थित इजरायली दूतावासले परराष्ट्र मन्त्रालयका कर्मचारीहरू सेवा सुविधाको माग गर्दै हड्तालमा रहेको जानकारी दिएको छ । जसले गर्दा ढिलाइ भइरहेको हो,’ निर्देशक शाहले भने ।  

उनीहरूको हड्तालका कारण नेपालबाट मात्र नभई अन्य देशबाट पनि जाने तयारीमा रहेका कामदारको प्रक्रिया रोकिएको छ । नेपालबाट एक हजार १७५ जना इजरायल जान लागेका छन् । त्यसका लागि नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही आधारमा २९७ जना नेपाली गइसकेका छन् । पहिलो चरणमा गत माघ ५ गते ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । इजरायल पुगेपछि केही दिन क्वारेनटिनमा बसेर उनीहरू काममा लागेका थिए । त्यस्तै दोस्रो चरणमा माघ १५ गते १२० जना नेपाली गएका थिए । 

किन रोकियो भन्ने बारे इजरायलले भने नेपाललाई औपचारिक जानकारी गराएको छैन । अनौपचारिक रूपमा दूतावासले कर्मचारीको हडतालको कारण रोकिएको बताएको छ । 

करार पत्रमा सम्झौता भइसकेकालाई नेपालस्थित इजरायली दूतावासले प्रस्थान भिसा ‘बी–१’ दिनेछ । जुन ३० दिनको हुनेछ । जुन इजरायल प्रवेशको लागि मात्र हुनेछ । कर्मचारीको हड्तालका कारण दूतावासले उक्त काम पनि रोकेको छ ।  

रोकिएका कामदार कहिले लैजाने भन्नेबारे केही जानकारी नआएको निर्देशक शाहले बताए । ‘अब कहिले जान पाउँछन् भन्ने हाम्रो हातको कुरा छैन । जहिले इजरायलको गतिरोध अन्त्य हुन्छ, त्यही बेला जान पाउनुहुन्छ ।’ निर्देशक शाहले भने । 

नेपालको तर्फबाट गर्नुपर्ने सबै काम पुरा भइसकेको र इजरायल सरकारको तर्फबाट गर्नुपर्ने काम मात्र बाँकी रहेको उनको भनाइ छ । नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो ।

सोही आधारमा एक हजार जना नेपाली कामदार इजरायल लैजाने प्रक्रिया अघि बढेको थियो । रोजगार सम्झौता गरेर इजरायल जाने प्रतीक्षामा रहेका नेपालीहरू कहिले जान पाउने भन्नेमा अन्यौलमा छन् । जतिसक्दो चाँडो लगिदिनुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा