भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो कहानी केहिलाई थाहा छ त्यो कुनै न कुनै दिन सबैलाई थाहा होला तर अनुहार देखाउन मन लाग्दैन’

२०७३, १४ भाद्र मंगलवार १२:२५

भदौ १४, सर्लाही ।

‘एक पटक माक्र्स उतार्नु न एउटा फोटो खिचौँ’ मैले भने ।

‘मलाई अनुहार देखाउन मन लाग्दैन’ उहाँले यसो भन्दा मलाई अचम्म लाग्यो । 

‘किन र ? फोटो खिचेपछि लगाइहाल्नु होला नी’  

‘मेरो कहानी केहिलाई थाहा छ त्यो कुनै न कुनै दिन सबैलाई थाहा होला तर अनुहार देखाउन मन लाग्दैन’ गंगाले भन्नुभयो ।

सर्लाही अत्रौली–३ की गंगा लामाको मुखबाट दिनभरी नै माक्र्स निस्कँदैन । उहाँलाई माक्र्सबिना देख्न मुस्किल छ । त्यसैले माक्र्स बिनाको उहाँको फोटो खिच्ने मेरो योजना सफल भएन । गंगाकै ई–रिक्सामा केहिबेर यात्रा गरेपछि उहाँको जीवनका लुकेका केही कुरा भने जान्न पाएँ । 

पाँच जनाको घर चलाउन निक्कै मुस्किल पर्न थालेपछि गगां के गरी जीवन चलाउने भन्ने सोच्न थाल्नुभयो । त्यसैले विदेश गए त अवस्था सुध्रिन्छ कि भन्ने आशामा गंगाले हरिवनमा रहेको ईलाका प्रसाशन कार्यालयबाट एमआरपी बनाउनुभयो अनि विदेश पठाइदिने व्यक्ति खोज्न थाल्नुभयो । एमआरपी बनाएको ६ महिना पछि एक जना महिला एजेन्टलाई फेला पारेकी गंगालाई उनले ६ महिनामै काठमाण्डौं पुर्‍याइन । ‘त्यति बेला घरकाले मलाई यति सानै उमेरमा विदेश जानु हुँदैन भनेका थिए’ गंगा भन्नुहुन्छ, ‘तर घरको अवस्थाले गर्दा कसैको कुरा सुन्नै मन लागेन ।’ 

पासपोर्ट जिम्मा लिने महिलाले इजिप्टको भिसा लागेको भन्दै बोलाएपछि गंगा काठमाडौं त पुग्नुभयो तर दलालले नेपालको बाटो झन्झटिलो हुन्छ भन्दै भारतबाट जानेपर्ने बताए । त्यसपछि गंगालाई उहाँले चिनेकै एक जना भाइको साथ लाएर भैरहवाको सुनौली पठाइदिइन् दलालले । ती महिलाले भारतको बाटो हुँदै जाने भनेर भैरहवा पुर्‍याउँदा पनि गंगालाई आफूलाई अवैधानिक रुपमा पठाइँदैछ भन्ने हेक्कै भएन । 

नेपाल प्रहरी र माइती नेपालको नवलपरासी शाखाले पक्रिएपछि भने गंगा निद्राबाट व्युँझे जस्तै हुनुभयो । पाँच दिन त उहाँलाई प्रहरीले हिरासतमै राख्यो तर पछि पुर्‍याउन जाने युवकलाई राखेर उहाँलाई छोडिदियो । 

गंगा घर फर्किएको केही दिनमै क्यान्सर पीडित आमाको निधन भयो ।  विदेश जान हिँड्ने बेलामा कलिलै उमेर नजा भन्ने आमा गुमाउँदा केही दिन त गंगाले आफूलाई  सम्हाल्न सक्नुभएन ।

यसरी सुरु भयो ई रिक्सा चलाउने काम 

‘संधै शोकमा बसेर केही हुन्न भन्ने लाग्यो त्यसैले केही गर्नु पर्छ भन्ने त सोचें । तर के गर्ने निधो गर्न सकेको थिइन’ गंगाले भन्नुभयो । त्यही बेला एक जना आफन्तले ई रिक्सा चलाउने सुझाव मात्रै दिनुभएन, किन्न सहयोग पनि गर्नुभयो । त्यसैले एक महिना अघि सुरु गर्नुभयो ई रिक्सा चलाउन । बजारमा ई रिक्सा कुदाउने महिला त अरु पनि छन् तर गाउँमा छैनन् । त्यसैले सुरुमा निक्कै गाह्रो भयो उहाँलाई । 

तर एक महिनामा अहिले त उहाँलाई बानी पर्न थालेको छ । ‘एक दुई दिनसम्मको अप्ठेरो विस्तारै कम हुँदै गएको छ’ गंगा भन्नुहुन्छ । बाध्यताले सुरु गरेको ई रिक्साले अहिले त दिनको एक हजारदेखि १५ सय कमाई पनि हुन थालेको छ । त्यसैले उहाँ खुसी हुनुहुन्छ अनि एक वर्षअघि देखेको इजिप्टको सपना आफ्नै गाउँमा, त्यो पनि ई रिक्साबाटै पूरा गर्ने प्रयास गर्दै हुनुहुन्छ । उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त