१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार लैजान ढिलाइबारे इजरायल सरकारलाई ध्यानाकर्षण, किन रोकियो अहिलेसम्म?

२८ बैशाख २०७९, बुधबार १०:४०

वैशाख २८, काठमाडौं | ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका ८०० भन्दा बढी नेपाली कामदार तीन महिनादेखि लामो समय हुँदा पनि जान पाएका छैनन् । 

यस विषयमा नेपालले इजरायली अधिकारीहरूको ध्यानाकर्षण गराएको हो । नेपाली पक्ष र इजरायली सरकारी अधिकारीहरूबीचको भेटका क्रममा नेपालले ध्यानाकर्षण गराएको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र इजरायलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अर्जुन घिमिरेले इजरायलका लागि नेपाली राजदूत हनन गोदार, इजरायली पपुलेसन एण्ड इमिग्रेसन एथोरीटी (पीबा) का निर्देशक सिर्लेयी, इजरायल स्वास्थ्य मन्त्रालयका निर्देशक सफ्फीसँग भेटवार्ताको क्रममा ध्यानाकर्षण गराएका हुन् । भेटको क्रममा इजरायली पक्षले परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलन सकिनेविक्तिकै प्रक्रिया सुचारू गर्ने बताएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

                                    

एक हजार जना नेपाली कामदार लैजान सम्झौताअनुसार नेपालबाट तीन चरणमा गरेर २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । उनीहरूले काम थालेको पनि तीन महिना भन्दा बढी भइसकेको छ । बाँकी रहेका कामदार भने अझै जान पाएका छैनन् ।

नेपाल र इजरायलबीच सरकारी स्तरमा (जी टु जी) हस्ताक्षर भएको इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार (एक्जुलरी ओर्कर) ल्याउने सम्बन्धी सम्झौता भएको थियो । सोहीअनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षामार्फत छनौट गरेका एक हजारभन्दा बढी नेपालीहरूमध्ये हालसम्म २९७ जना इजरायल गइसकेका छन् । 

तर, बाँकीको कामदार सम्झौता, भिसा, प्रि डिपाचार ओरिएन्टेसन लगायतका सबै प्रक्रिया पूरा भइसकेका छन् । तर, कर्मचारीको आन्दोलनका कारण तीन महिनाभन्दा लामो समयदेखि प्रक्रिया रोकिएको छ । जसले गर्दा नेपालीहरू इजरायल जान पाएका छैनन् । 

यस विषयमा नेपालले इजरायल सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ । तर, परराष्ट्र मन्त्रालयका कर्मचारीको आन्दोलन नरोकिएसम्म केही गर्न नसकिने जवाफ इजरायली अधिकारीले दिँदै आएका छन् । सेवासुविधा बृद्धिको माग गर्दै इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारीहरू तीन महिनादेखि आन्दोलनमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार