२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ महिनामा वैदेशिक रोजगारीमा गएका १,१७१ नेपालीले ज्यान गुमाए

२०७९, १५ जेष्ठ आईतवार ०६:५४

जेठ १५, काठमाडौँ |  ८ महिनामै वैदेशिक रोजगारीका लागि गएका १ हजार १७१ नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार साउनदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीको सिलसिलामा ती नेपालीको मृत्यु भएको हो । श्रम स्वीकृति लिएर गएका १ हजार १३८ पुरुष र ३३ महिलाले विभिन्न दुर्घटना तथा बिरामी भई ज्यान गुमाएका हुन् ।


मृतकका ती परिवारलाई क्षतिपूर्तिवापत कुल ५७ करोड ९६ लाख राहत प्रदान गरिएको बोर्डले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने कामदारको नजिकका हकदारलाई बोर्डले आर्थिक सहायतास्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा गई मृत्यु हुनेको संख्या बढ्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कुल ६६१ जनाले ज्यान गुमाएकोमा २०७७/७८ मा १,२४२ जनाको मृत्यु भएको थियो । सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रुपमा ११० र व्यक्तिगत रुपमा १७८ मुलुकमा खुला गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रमुख रुपमा रहेका मलेसिया, कतार, साउदी अरब र यूएईमा मात्रै ९० प्रतिशत कार्यरत छन् । तीमध्ये मलेसियामा सबैभन्दा धेरै २७.६ प्रतिशत छन् । कतारमा २६.७, साउदी अरबमा २०.८ र यूएईमा १४ प्रतिशत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता