१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाबाट फर्किएका आप्रवासी श्रमिकको पुनर्बहालीका लागि कोरियाले ८ मिलियन खर्च गर्ने

१८ जेष्ठ २०७९, बुधबार १०:१३

जेठ १८, काठमाडौँ | नेपाल सरकार र दक्षिण कोरियाबीच नेपालमा कोरियाबाट फर्किएका आप्रवासीहरूको समाजमा स्थिर पुनर्बहालीको लागि चरणबद्ध सहयोग प्रणालीलाई सुदृढ बनाउने प्रोजेक्टको रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर भएको छ । उक्त कामको लागि नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियाको तर्फबाट कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले हस्ताक्षर गरेको हो । 

उक्त कार्यमा मन्त्रालयको तर्फबाट सहसचिव रामचन्द्र ढकाल र कोइका नेपालका कन्ट्री निर्देशक सुङगुन कोले सचिव एकनारायण अर्यालको उपस्थितिमा हस्ताक्षर गरेका थिए । कोइका मार्फत कोरिया सरकारले आयोजनाका लागि ८ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । सन् २०२२ देखि सुरु हुने आयोजनाको अवधि ७ वर्ष (८४ महिना) रहेको छ । यो परियोजना कोइका र वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले कार्यान्वयन गर्नेछ । 


परियोजनाको मुख्य उद्देश्य कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनर्एकीकरण र उद्यमशीलताको क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउनु र रोजगारी वृद्धि गर्नु रहेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यस परियोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको जानकारीको पहुँचमा सुधार र आर्थिक सहयोगमा पहुँच बढाउनको लागि सद्भावपूर्ण प्रणालीहरू सिर्जना गर्ने लक्ष्य बोकेको छ । स्वदेशमा उद्यमी बन्न स्वदेश फर्कनेहरूको चासो बढ्दै जाँदा हाल आप्रवासी कामदारहरु नेपाल फर्कने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ । परियोजनाको प्रारम्भिक चरणमा कोरियाबाट फर्कने आप्रवासी कामदारहरूलाई मात्र लक्षित गरिनेछ ।

कृषि विकास बैंक लिमिटेडसँगको सम्झौतामार्फत यस परियोजनाले कोरियाबाट फर्केकाहरूले सहजरूपमा पहुँच पुग्नेगरी कोष र यसको व्यवस्थापन संयन्त्र निर्माण गर्ने लक्ष्य राखेको छ । यसैगरी, फर्कने आप्रवासी कामदारहरूलाई लक्षित गर्दै वान स्टप मोबाइल प्लेटफर्म विकास गरिने बताइएको छ । सचिव अर्यालले यस परियोजनाले कोरियाबाट फर्किएका आप्रवासी कामदारको सूचना र आर्थिक पहुँचको आवश्यकता पूरा गर्न सहयोग गर्ने बताए । उनले बर्सेनि हजारौँ नेपालीहरू कोरिया जाने विकल्पमा रहेका आप्रवासी कामदारहरूको क्षेत्रमा सहयोग गर्न थालेकोमा कोइकाप्रति आभार व्यक्त गरेका छन् ।

त्यसैगरी, कोइकाका कन्ट्री निर्देशक सुङगुन कोले यो परियोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउ पु¥याउने र कोरियाबाट फर्किएका आप्रवासीहरुको लागि रोजगारी वृद्धि गर्ने बताए । कोरिया गणतन्त्र सरकारले सन् १९९१ देखि स्वास्थ्य, शिक्षा, सूचना प्रविधि र ग्रामीण विकासका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक