१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण गराउन विभागको निर्देशन

२२ जेष्ठ २०७९, आईतवार ०५:३१

जेठ २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ ।

छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नियम अनुसार अन्तर्वार्तापछि श्रमिकको छनौट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो । 

छनौट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने श्रमिकको हकमा भने पूर्व स्वीकृति वा माग पत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराउने गरेको भन्दै विभागले यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो ।

कुनै पनि म्यानपावर कम्पनी वा स्वास्थ्य संस्थाहरूले श्रमिकको छनौट सूची तयार हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएमा कडा कारबाही गर्ने भन्दै विभागले चेतावनीसमेत दिएको छ । 

वैदेशिक रोजगार नियमावली अनुसार सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था रहेको छ भने म्यानपावर कम्पनीहरूले पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पूर्व स्वीकृति लिई नियम अनुसार विज्ञापन प्रकाशन र अन्तर्वार्ताको प्रक्रिया पछि मात्र श्रमिकको सूची छनौट गर्नु पर्ने हुन्छ ।

तर मलेसिया जाने कामदारको हकमा भने म्यानपावर कम्पनीहरूले यी प्रक्रिया पूरा नै नगरी श्रमिकको स्वास्थ्य परीक्षण गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक