२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्रै स्वास्थ्य परीक्षण गराउन विभागको निर्देशन

२०७९, २२ जेष्ठ आईतवार ०५:३१

जेठ २२, काठमाडौँ | वैदेशिक रोजगार विभागले रोजगारीका लागि मलेसिया जाने श्रमिकको अन्तर्वार्तापछि मात्र स्वास्थ्य परीक्षण गराउन सबै म्यानपावर कम्पनी तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई निर्देशन दिएको छ ।

छनौट सूचीमा सूचीकृत हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको भन्दै विभागले सबै म्यानपावर तथा स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नियम अनुसार अन्तर्वार्तापछि श्रमिकको छनौट सूची तयार गरेर मात्र स्वास्थ्य परीक्षण गराउन निर्देशन दिएको हो । 

छनौट सूची तयार भएपछि मात्र स्वास्थ्य संस्थाहरूले श्रमिकको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा मलेसिया जाने श्रमिकको हकमा भने पूर्व स्वीकृति वा माग पत्र प्रमाणीकरण नहुँदै स्वास्थ्य परीक्षण गराउने गरेको भन्दै विभागले यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो ।

कुनै पनि म्यानपावर कम्पनी वा स्वास्थ्य संस्थाहरूले श्रमिकको छनौट सूची तयार हुनु अघि नै स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएमा कडा कारबाही गर्ने भन्दै विभागले चेतावनीसमेत दिएको छ । 

वैदेशिक रोजगार नियमावली अनुसार सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था रहेको छ भने म्यानपावर कम्पनीहरूले पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पूर्व स्वीकृति लिई नियम अनुसार विज्ञापन प्रकाशन र अन्तर्वार्ताको प्रक्रिया पछि मात्र श्रमिकको सूची छनौट गर्नु पर्ने हुन्छ ।

तर मलेसिया जाने कामदारको हकमा भने म्यानपावर कम्पनीहरूले यी प्रक्रिया पूरा नै नगरी श्रमिकको स्वास्थ्य परीक्षण गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै