२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

२०७९, २३ जेष्ठ सोमबार ०६:३१

जेठ २३, काठमाडौँ | कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ सेन्टरको सहकार्यमा यहाँका विद्यार्थी पठाउन लागिएको हो ।

विश्वबिद्यालयले छनोट समिति बनाएर इजरायल जाने विद्यार्थी छनोट गरेको हो । विश्वविद्यालयका योजना निर्देशक एवं छनोट समितिका सदस्य सचिव डा. शिवचन्द्र ढकालका अनुसार एग्रिकल्चर वर्क-स्टडी कार्यक्रमअन्तर्गत इजरायल जानका लागि विद्यार्थी छनोट भएका हुन् । विद्यार्थीलाई इजरायल पठाउन विश्वविद्यालयका सङ्काय तथा आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट आवेदन माग गरिएको थियो ।


ढकालका अनुसार कार्यक्रममा सहभागी हुन २७३ जना विद्यार्थीले आवेदन दिएका थिए । त्यसमध्ये १६८ जना विद्यार्थी गोलाप्रथाको माध्यमबाट अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

तीमध्ये अन्तवार्तामा सहभागी १२५ जनाबाट एक सय छनोट गरी २५ जनालाई बैकल्पिकमा राखिएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडर र इजरायलका लागि नेपालका राजदूत डा कान्ता रिजालको उपस्थितिमा विद्यार्थीको अन्तर्वार्ता लिइएको थियो ।

ती विद्यार्थी ११ महिना इजरायल बस्ने छन् । त्यहाँ रहँदा पाँच दिन काम, एक दिन अध्ययन र एक दिन बिदा पाउने गरी सम्झौता भएको छ । काम गरेबापत एक जना विद्यार्थीले रु १२ लाख हाराहारी रकमसँगै प्रविधि र सिप लिएर आउने विश्वविद्यालयको अपेक्षा रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार त्यहाँ सिकेको सीप र रकम लिएर फर्कने विद्यार्थी यहाँ आएपछि एकल र समूहगत रुपमा काम गर्न सक्नेछन् ।

स्नातक अन्तिम वर्षको परीक्षा दिएर जाने ती विद्यार्थीले फर्किएपछि मात्र विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने छन् । विद्यार्थी त्यहाँ नबसुन् भन्नका लागि शैक्षिक प्रमाणपत्र विश्वविद्यालयले रोकेर राख्न लागेको हो ।

कृषि शिक्षातर्फ आकर्षण घट्न नपाओस् भन्नका लागि यो कार्यक्रम अघि बढाइएको उनी बताउँछन् । पहिलो पटक विश्वविद्यालयले यो कार्यक्रम गर्न लागेको हो । साउनको अन्तिम सातासम्ममा विद्यार्थी जाने गरि तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता चितवन -२ मा रवि लामिछानेको अग्रता कायमै, अन्य उम्मेदवार निकै पछाडि चितवन ३ मा सोविताको अग्रता कायमै काठमाडौँ–१ मा रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मत ल्याएर विजयी सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान