२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार बिभागद्वारा अल आसमाक्स म्यानपावरमा छापा, डिमाण्डनै नआई धमाधम अन्तर्वार्ता !

२०७९, १ असार बुधबार १५:३७

असार १, काठमाडौँ । वैदेशिक रोजगार बिभागले काठमाडौँ स्थित अल आसमाक्स कम्पनी प्राली म्यानपावरमा छापा मारेको छ । बिभागले उक्त प्रालिमा छापा मारेर कागजतहरु नियन्त्रणमा लिएको छ । सो म्यानपावर कम्पनीले रोजगारीका लागि कुवेतको केएफसी कम्पनिमा पठाईदिने भन्दै माग पत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिईरहेको भेटिएको हो । 


विभाग टोली आकस्मिक म्यानपावर कम्पनीमा पुग्दा उक्त म्यानपावरले ठूलो संख्यामा कामदारहरु छनौट गरिरहेको भेटिएको थियो । अन्तर्वार्तामा सहभागीहरु एजेन्टहरु मार्फत उक्त म्यानपावरमा पुगेको पाइएको छ । म्यानपावरमा बिभाग टोली पुग्दा म्यानपावरले कम्पनीबाट आएको डिमाण्ड तथा सरकारसँग पुर्व-स्वीकृति समेत नलिई अन्तर्वार्ता लिईरहेको फेला परेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले डिमाण्ड आउनु अगावै अन्तर्वार्ता लिने गरेको गुनाशो बढ्दै गएको अवस्थामा बिभागमा उक्त म्यानपावरले पुर्व स्वीकृतिनै नलिई बिज्ञापन समेत नगरी अन्तर्वार्ता लिईरहेको भन्ने सूचना प्राप्त भएको थियो ।


बिभागले आकस्मिक छापा मार्ने क्रममा डिमाण्डनै नआएको कम्पनीको लागि १०० जना भन्दा बढीको संख्यामा अनाधिकृत रुपमा अन्तर्वार्ता भईरहेको फेला पारेको थियो । बिभागले उक्त म्यानपावरको सम्पूर्ण कारोबार भोली बिहिबारदेखिनै रोक्का गरि थप कारवाहीको प्रक्रिया अघि बढाउने जनाएको छ । साथै बिभागले केहि दिन पछि सोहि म्यानपावरबाट वैदेशिक रोजगारको लागि श्रम स्वीकृति भएर उडान हुन बाँकी रहेका कामदारहरुको विवरणहरु समेत बिभागमा लगेको छ । बिभागले सम्बन्धित म्यानपावरबाट सबै प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारमा जान मात्र बाँकी रहेकाहरु विदेश जान नरोकिउन भनेर विवरणहरु लिएको जनाएको छ । 

उक्त म्यानपावरले डिमाण्ड स्वीकृति अगावै दर्जनौं व्यक्तिहरुको मेडिकल समेत गराएको पाइएको छ । वैदेशिक रोजगारको प्रक्रिया अन्तर्गत सरकारले बिज्ञापन स्वीकृति दिएपछि मात्र म्यानपावरले अन्तर्वार्ता लिन सक्छ । साथै अन्तर्वार्तामा पास भएपछि मात्र मेडिकल गर्न पठाउन सक्छ । तर कतिपय म्यानपावर तथा एजेन्टहरुले कमिसनको चक्करमा डिमाण्ड आउनु अगावै तथा अन्तर्वार्ता हुनु अगावै मेडिकल समेत गराउने गरेका छन् । 


छापा मार्ने क्रममा उक्त म्यानपावरमा ४०० भन्दा बढी संख्यामा पासपोर्ट फेला परेका छन् । म्यानपावरले बिभागमा पठाएको छनोट सूचिको आधारमा सम्बन्धित व्यक्तिको मात्र म्यानपावरले पासपोर्ट राख्न सक्छ तर बिभागको अनुसार त्यतिका संख्यामा पासपोर्ट राख्ने अधिकार उक्त म्यानपावरलाई छैन । 


वैदेशिक रोजगार बिभागका निर्देशक डम्वर बहादुर सुनुवारले डिमाण्डनै नआई अन्तर्वार्ता लिएको अल आसमाक्स कम्पनी प्रालीलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही गर्ने बताएका छन् । वैदेशिक रोजगार ऐनको दफा १३ अनुसार वैदेशिक रोजगार ऐन बिपरित काम गर्ने म्यानपावरको इजाजत रद्ध समेत हुन सक्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै