१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा विमानस्थलबाट दुई साताभित्रै एयर अरेबिया र फ्लाई दुबईले उडान थाल्ने

६ असार २०७९, सोमबार ०८:५०

असार ६, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्। जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ।

भैरहवा विमानस्थल: उडानका लागि सम्पर्कमा आए पाँच वायुसेवा कम्पनी | Online  Nepal

जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि उडानमा चासो देखाएका छन्। गौतमबुद्ध विमानस्थलमा अहिले कुवेतबाट जजिरा एयरले साताको सोमबार, बुधबार र शनिबार गरी तीन उडान भर्दै आएको छ।

जजिराले यात्रुको राम्रो साथ पाएकाले अब तत्कालै दुई कम्पनी ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले गौतम बुद्ध विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेको विमानस्थल महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। उनका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै उडान थाल्ने तयारीमा रहेको छ। एयर अरेबिया इमरेट्सको लो कस्ट एयरलाइन्स हो।

अहिले विमानस्थलबाट अधिकांश खाडी मुलुकका यात्रुले कुवेत ट्रान्जिट गरेर भैरहवा आउने गरेका छन्। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीहरुले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका हुन्। त्यही क्रममा एयर अरेबिया र फ्लाई दुबईले नियमित उडानका लागि प्रक्रिया अघि बढाएको बताइएको छ।

पहिलो उडान भरेको जजिराले जेठ मसान्तसम्म १४ वटा उडान गरेको छ। यो विमानस्थल हुँदै अहिलेसम्म १ हजार २ सय ४७ जना आएका छन् भने १ हजार ७ सय ९८ जना बाहिरिएको जजिराले जनाएको छ।

विमान कम्पनीलाई आकर्षित गर्न विमानस्थलले एक वर्षका लागि अवतरण, सञ्चार, सुरक्षा लगायतमा पूर्ण छुट दिएको छ। जसले गर्दा उडान शुल्क समेत सस्तो भएको छ। जजिराका अनुसार काठमाडौं कुवेत भन्दा भैरहवा कुवेतको यात्रामा प्रति व्यक्ति ८ हजार सस्तो छ। शुल्क कम पर्ने भएकाले भारतको उत्तर प्रदेशसम्मका नागरिकले विदेशबाट फर्किदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न थालेका छन्।

विमानस्थललाई लक्षित गरेर भैरहवामा श्रम कार्यालय स्थापना समेत भइसकेको छ। श्रम तथा रोजगार शाखा सञ्चालनमा आएकाले अहिले काठमाडौं ताहाचलमा हुने काम अब सबै यतैबाट भइसकेको छ। जसका कारण भैरहवा विमानस्थल धेरै जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि नजिक परेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीलङ्कामा गरिबी खतरनाक रूपमा उच्च: विश्व बैंक एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने आगामी बजेट : ‘जनताको अपेक्षाअनुसार विकास गर्न सकेनौँ, सांसद विकास कोष चाहिन्छ’ मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा उपप्रधानमन्त्री सिंहसँग भारतका विद्युत्मन्त्रीको भेट बसको ठक्करबाट एक वृद्धाको मृत्यु रास्वपाले संसदीय दलको बैठक बोलायो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता पाथीभरा क्षेत्र विकास समिति सम्मानित नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… ‘जनजाति समुदायलाई संविधानले पर्याप्त अधिकार दिएको छ’ सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदन प्रधानमन्त्रसँग भारतीय विद्युत्मन्त्रीको भेट तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो