२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब वृद्धि

२०७९, १६ असार बिहीबार ०५:४६

असार १६, काठमाडौं | दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।


सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौ/नौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि गर्ने भएको हो । यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।

वार्ताको क्रममा, श्रमिकका पक्षधरले यस वर्षको ९,१६० वोनबाट उल्लेखनीय वृद्धि गर्न आह्वान गरेको थियो । श्रमिक पक्षधरले अघिल्लो मुन जे-इन प्रशासनले घोषणा गरेको न्यूनतम घन्टाको ज्याला १० हजार वनमा पु¥याउने वाचा पूरा गर्न माग गरेको थियो ।

नयाँ ज्याला १ जनवरी २०२३ देखि लागू हुनेछ । पूर्व मुन जे इन प्रशासनअन्तर्गत न्यूनतम पारिश्रमिक २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ र २०२१ मा सबैभन्दा कम १.५ प्रतिशत र २०२२ मा ५.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै