२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प छैन: श्रममन्त्री

२०७९, १५ श्रावण आईतवार १४:४३

साउन १६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली संघ एनआरएनएबीच भर्खर भएको दुईपक्षिय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धीमुलक हुने अपेक्षा गरेको बताएका छन् । निगरानी दैनिक मिडियाको वार्षिकोत्सवमा मन्त्री कुँवरले यस्तो बताएका हुन् । 

आइतबार भृकुटिमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपाय विषयक विचार गोष्ठिमा मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् ।  


उनले वैदेशिक रोजगारीको क्षेत्रमा भएका विविध समस्या समाधान गर्नकालागि गैर आवासीय नेपाली संघले खेलेको भूमिका एकदमै प्रसंसनिय भएको बताए । 

उनले अहिलेसम्म विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदारको उद्धार एवं समस्यामा परेका कामदारलाई आइपरेका विविध समस्या समाधान गर्न गैर आवासीय नेपाली संघले सम्बन्धीत रोजगारदाता मुलुकको सरकार र नेपाल सरकारसँग राम्रो सहकार्य गर्दै आएकाले सरकारको प्रयासमा धेरै सहयोग पुगेको बताए ।

आफुले यस मन्त्रालयको जिम्मेवारी पाएको आइतबार १ महिना दुईदिन हुँदा वैदेशिक रोजगारीको क्षेत्रका धेरै गुनासो सुनेको भन्दै मन्त्री कुँवरले अब आफुले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । 

अहिलेसम्मको गुनासो र अनुभवको आधारमा वैदेशिक रोजगारिको क्षेत्रका समस्या र समाधानमा धेरै चुनौति रहेको भन्दै उनले हाल दुई दर्जन भन्दाबढी नेपाली कामदार खाडीको विभिन्न ठाउँमा कोमामा रहेको जानकारी प्राप्त भएकाले अब जतिसक्दो छिटो उनीहरुलाई स्वदेश फर्काउन आफुले सम्बन्धीत दुतावास र कुटनीतिक नियोगसँग पहल गरेको बताए । 


अहिले धेरै नेपाली खाडीका जेलमा रहेको गुनासो पनि आफुले सुन्नु परेको भन्दै उनले वैदेशिक रोजगारीमा जानेहरुले धेरै जोखिम मोलेर काम गरिरहेकाले अब नेपाल सरकारले उच्च जोखिममा परेका कामदारको सहयोग गर्ने बताए । 

मन्त्री कुँवरले नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको २५ प्रतिशत भन्दा बढी  योगदान रहेको र वार्षिक ९ खर्ब ८३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिरहेको जानकारि गराउँदै अझै १५ देखी २० वर्ष वैदेशिक रोजगारीको विकल्प नभएको बताए । 

गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले हालसालै मात्र दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितमा भएको उल्लेख गर्दै त्यसबाट गैरआवासिय नेपालीहरुमा उत्साह थपेको  धारणा राखे । आचार्यले उक्त बिधेयक पारित गराउन आ आफ्नो क्षेत्रबाट योगदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।


उनले विभिन्न देशहरुसँग संवाद गरि विदेशमा काम गर्ने नेपालीहरुको आर्जनको केहि हिस्सा नेपाल सरकार मातहतको सामाजिक सुरक्षा कोषमा कोष कट्टी गर्ने व्यवस्था गर्न सके विदेशमा कार्यरत तमाम नेपाली साथै मुलुकको विकासमा टेवा पुग्न जाने दावी गरे । यसैगरि, आचार्यले वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न सकियो भने कामदार र देशलाई वार्षिक झन्डै २ खर्ब फाइदा हुने बताए । जसका लागि अहिले श्रम मन्त्री कुँवर, श्रम सचिव एकनारायण अर्याल र सामाजिक सुरक्षा कोषका सिईओ कपिलमणि ज्ञवालीहरुले राम्रो सहयोग गरिरहेको आचार्यले बताए । 

त्यसैगरि, टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकहरुको योगदान उच्च रहेको स्मरण गर्दै उनीहरुको समस्याको समाधान हुन नसकिरहेकाले अन्तर मन्त्रालय समन्वय गरि समस्या समाधानमा पहल गर्न मन्त्री कुँवरलाई आग्रह गरे । 

कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दंगाल खनालले सभापतिको आसनबाट बोल्दै मिडियाले स्वच्छ, निर्भिक  र निष्पक्ष तबरले पत्रकारिता गर्न गर्दै आएको र सोही भावना अनुरुप कार्य गर्दै जाने प्रण व्यक्त गरिन् ।  


कार्यक्रममा  ग्लोबल नेपलिज सेफ फेडरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले संस्कार र संस्कृतीको जगेर्ना गर्न नेपालीहरु चुकिरहेको महशुश गरेको भन्दै देशको चौथो अंगले यस विषयलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए ।  

त्यसैगरि, निगरानी मिडियाका प्रवन्ध निर्देश जीवन शर्माले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुने सबैमा धन्यवाद तथा बधाई  ज्ञापन व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता