२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ९० लाख रुपैयाँको ठगी गरेको आरोपमा एक महिला पक्राउ

२०७९, १७ श्रावण मंगलवार १३:२३

साउन १७, काठमाडौँ । युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् । 

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । प्रतिवादी थापाले भरतमणी घर्ती मगर सहित धेरै युवाहरुलाई बैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको बिषयमा बैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जी समेत जारी भएको प्रहरीले जानकारी दिएको छ ।

थापालाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता