२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया पठाउने तयारी

२५ श्रावण २०७९, बुधबार ११:१६

साउन २५, काठमाडौँ | रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा, सीपसहितका अन्य प्रक्रियामा सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने प्रक्रिया थालिएको छ । 

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको नाम दक्षिण कोरिया मानव संशाधन विभाग (एचआरडी) को रोस्टरमा पठाउन थालेको हो ।


ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा नाम पठाउने सूचीमा रहेका उम्मेदवारको व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणको रिपोर्टसहित रोजगार आवेदन फारमसहितको नाम रोस्टरमा पठाइएको छ । 

दक्षिण कोरिया सरकारले कृषि तथा पशुुपालनतर्फ दुई हजार ७४१ जना श्रमिकको माग आएकोमा पहिलो चरणमा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् । परीक्षाका लागि जम्मा छ हजार ५९७ जनाले आवेदन दिएकोमा छ हजार १०६ जनाले परीक्षा दिएका थिए । 

यस्तै कृषितर्फको दोस्रो चरणका लागि असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा एक हजार १०३ जना उत्तीर्ण भएका छन् । दोस्रो चरणमा उत्तीर्ण भएका उम्मेदवारको स्वास्थ्य परीक्षण, व्यक्तिगत चारित्रिक विवरण ठीक भएको प्रहरी प्रतिवेदनसहित रोजगार आवेदन फारम भराउने काम भइरहेको छ । 

कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका छन् । ईपीएस शाखाका उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । मागको सङ्ख्या र उत्तीर्ण सङ्ख्या हेर्दा १७१ जना बढी हुन आउँछ । ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले माग आएका सबै जना जान पाउँछन् भने निश्चित रहेको बताउनुभयो । कोरिया मानव संसाधन विभाग (एचआरडी) ले भिसा र रोजगार अनुमतिपत्र नपठाउँदासम्म कोरिया जान छनोट भएका कसैलाई पनि १०० प्रतिशत ढुक्क भन्न नसकिने उहाँको भनाइ छ । 

पहिलो चरणको परीक्षा सुरु

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको पहिलो चरणको भाषा परीक्षा सुरु भएको छ । सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि पहिलो चरणको परीक्षण साउन २ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन गरिनेछ । ईपीएस शाखाका अनुसार उत्पादनतर्फको पहिलो चरणको परीक्षाका लागि १५ हजार ३८३ जनाले आवेदन दिएका छन् । यस्तै उत्पादनतर्फको दोस्रो चरणको परीक्षा आउँदो भदौ २० गतेबाट असोज २१ गतेसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार दोस्रो चरणको परीक्षाका लागि १८ हजार ९९५ जनाले आवेदन दिएका छन् । उक्त परीक्षाबाट यस वर्षका लागि उत्पादनतर्फ माग भएको छ हजार ९१३ जना छनोट गरिनेछ । 

यसअघिका परीक्षामा नक्कली विद्यार्थी धेरै हुने गरे पनि यस पटक भने परीक्षाको रोस्टरमा परेका अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएकाले त्यो समस्या नभएको ईपीएस शाखाका निर्देशक कटवालले जानकारी दिनुभयो ।  

दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिले छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो । ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जानका लागि ४४ हजार ८५३ जनाले आवेदन दिएकोमा कृषितर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ जना रहेका छन् । 

 सन् २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ का लागि नौ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित आवेदन माग गरिएको थियो । एचआरडीले कृषि तथा पशुपालन क्षेत्रमा दुुई हजार ७४१ र उत्पादनमूलक क्षेत्रमा छ हजार ९१३ नेपाली लैजाने भनेको छ । उक्त परीक्षाको आवेदन भने चैत १४ देखि २१ गतेसम्म अनलाइनमार्फत माग गरिएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य