साउन २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले गत बर्ष बिबिध कारण रोकिएको प्रतिष्ठित कतार प्रहरीको डिमाण्डमा अन्तर्वार्ता लिन लागेको अल ताक्वेत ओभरसिजमा आकस्मिक अनुगमन गरेको छ । मिडियामा कतार प्रहरीको डिमाण्डबारे चर्को लागत संगै बिभिन्न आरोपका समाचार बाहिरिएपछि बिभागले अनुगमन गरेको हो ।
बिभागले अनुगमन गर्ने क्रममा म्यानपावरका संचालक मनिराम श्रेष्ठले आफूहरुले सरकारी प्रक्रियाबाटै कतार प्रहरीको रोजगारको छनौट प्रक्रिया अघि बढाएको संचार माध्यमहरुसँग दावी गरेका छन् । श्रेष्ठको दावीलाई भेरिफाई गर्ने हो भने त्यसलाई मान्ने आधार पनि देखिएको छ । बिभागको सिस्टममा यस सम्बन्धमा भेरिफाइ गर्दा बिभागले अल ताक्वेत ओभरसिजलाई बौद्ध स्थित हायात होटलमा २०२२ अगष्ट १६, १७ र १८ तारिकमा अन्तर्वार्ता गर्न स्वीकृति दिएको पाइएको छ । यो समाचार तयार पार्दै गर्दा बिभागको रेकर्ड हेर्ने हो भने कतारको रोजगारदाता मिनिस्ट्री अफ इन्टेरिएरबाट लाजिम्पाट स्थित अल ताक्वेत ओभरसिज प्रालिमा गत बर्षनै आएको २४४४६९१ लटको डिमाण्डलाई पुन: स्वीकृति दिएको स्पष्ट देखिएको छ ।
यो स्क्रिनसट हेर्नुहोस्
साथै बिभागको सिस्टममै कतार पुलिसको अन्तर्वार्ताको मिति ८ दिन बाँकी रहेको देखाउँछ ।
यो स्क्रिनसट हेर्नुहोस्
तर बिभाग आफैले पुन: स्वीकृति दिएको डिमाण्डबारे आफैलाई जानकारी नभएको भन्दै अनुगमन गरेको म्यानपावरको गुनाशो छ । सम्बन्धित म्यानपावरले बिभागबाट गत साउन २३ गते हिमालय टाइम्समा बिज्ञापन छापेर कतार पुलिसको लागि छनौट प्रक्रिया सुरु गरेको पाइएको छ । बुधबार बिभागले अनुगमन गरेपछि सम्बन्धित म्यानपावरलाई एक पटक कतारले स्थगित गरेको कतार पुलिसको डिमाण्डलाई पुन: कामदार चाहिएको भनि नेपालीलाई माग दिएको आधार समेत लिएर उपस्थित हुन बिभागले पत्र काटेको छ । म्यानपावरले यस सम्बन्धमा आफूहरुसँग कतार पुलिसको लागि कतारको मिनिस्ट्री अफ इन्टेरिएरले पुन: नेपाली लान चाहेको सम्बन्धमा आवश्यक कागजात भएको भन्दै उक्त प्रमाण बिभागमा पेश गरेर तोकिएकै समयमा कतार पुलिसको अन्तर्वार्ता लिने जनाएको छ । साथै बौद्ध स्थित हायात होटलमा हुने भनिएको अन्तर्वार्तामा सम्बन्धित रोजगारदाताबाटै प्रतिनिधिहरु आउने बताइएको छ ।
अनुगमनका क्रममा बिभागले बिभिन्न मिडियामा कतार पुलिसको डिमाण्डबारे ध्यानाकर्षण गरेपछि अनुगमन गरेको जनाएको छ । बिभाग म्यानपावर कार्यालय पुग्दा कतार प्रहरीमा पठाउन अन्तर्वार्ताको तयारी गरिरहेको अल ताक्वेत ओभरसिजमा कुनै संकास्पद कागजात भने भेटेन । बिभागले सरकारी प्रक्रिया बिपरित कामदार छनौट गरेको पाइए कारवाही गर्ने सम्बन्धित म्यानपावरको संचालकलाई ध्यानाकर्षण गराएको छ ।