१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयद्वारा रोमानिया जाने कामदारको सहजताका लागि ‘रोमानियन मिशन’ स्थापना

१० भाद्र २०७९, शुक्रबार ०५:०३

भदौ १०, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ । 

काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । 


‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भीषा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 

रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदराको धेरै रकम खर्च हुने भएकोले समस्या समाधान गर्न रोमानिया मिशन स्थापना गरिएको उनले जनाए । 

‘मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपाली नागरिकहरुको भीसा आवेदन प्रक्रियाको सहजिकरण गर्नेछ,’ प्रवक्ता घिमिरेले भने, ‘रोमानिया मिशनले प्रवाह गर्ने सेवा प्रक्रियामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।’ 

वैदेशिक रोजगारीको सन्दर्भमा रोमानिया जान चाहनलेले मिशनले तोकेको भीसा शुल्कबाहेक कहिँकतै कुनै प्रकारको रकम नबुझाउन उनले अनुरोध गरेका छन् । उनले अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न सबैलाई अनुरोध गरेका छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग