२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा १ लाख तलब हुने भन्दै ठगी धन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली

२०७९, १२ भाद्र आईतवार ११:२९

भदौ १२, काठमाडौं | दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो ।


उनले नरबहादुर थनेतलगायतलाई दुबई जानको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि आर्म्स गार्डको काम लगाइदिने भन्दै रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ । उनले थनेतलगायतका पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । 

विभागको पत्राचार पछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चौधरीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै