१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा १ लाख तलब हुने भन्दै ठगी धन्दा, प्रतिव्यक्ति ८ लाख रुपैयाँ असुली

१२ भाद्र २०७९, आईतवार ११:२९

भदौ १२, काठमाडौं | दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो ।


उनले नरबहादुर थनेतलगायतलाई दुबई जानको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि आर्म्स गार्डको काम लगाइदिने भन्दै रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ । उनले थनेतलगायतका पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । 

विभागको पत्राचार पछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चौधरीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग