२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा चर्को अशुली रोक्न छोडेर विदेश जानेलाई सहुलियतपूर्ण ऋण !

२८ भाद्र २०७९, मंगलवार १०:३२

भदौ २८, काठमाडौँ । मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाव दिएको छ । 

मिटरब्याजको धन्दा किन हुन्छ ? मिटरब्याजमा पैसा मानिसहरुले किन लिन्छन् भन्ने छानबीन गर्न मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल नेतृत्वको कार्यदल बनेको थियो । उक्त कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको २२ बुँदे प्रतिवेदन अनुसार धेरैलाई वैदेशिक रोजगारीमा जानका लागि रकम चाहिएको र बैंक तथा वित्तीय संस्थाले मासिक आम्दानी खोज्ने भएकाले ऋण लिन मिटरब्याजी कहाँ पुग्नु परेको बताइएको छ । उक्त कार्यदलले सरकारलाई दिएको सुझावमा के पनि छ भने मिटरब्याज घटाउन स्थानीय तह वा वैदेशिक रोजगार बोर्डमार्फत सहुलियतपूर्ण ऋण दिने र रेमिट्यान्स खाता खोलेर ऋण कट्टा गर्दै जान सकिने उल्लेख छ । मिटरब्याजीहरुले आफू अनुकुल तमसुक बनाएर ऋण लिनेहरुसँग जग्गा हडप्ने तथा अदालतले पनि तमसुककै आधारमा फैसला गर्ने गरेको हुँदा कानुन संशोधनका लागि पनि सिफारिस गरेको छ । उक्त कार्यदलले फौजदारी संहितामा संशोधन गरेर मिटरब्याजलाई पनि ठगीमा राख्न पनि कार्यदलले सुझाव दिएको छ । 


तर मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन गरेको सुझाव भने बिरोधाभाषपूर्ण छ । सरकारले खाडी र मलेसिया गरि ७ देशमा वैदेशिक रोजगारमा जान निशुल्क नीति लिएको छ । नीतिगत रुपमा निशुल्क भनिएपनि व्यवहारमा भने चर्को अशुली भएको गुनाशोहरु आउने गरेका छन् । केहि समय अघि राष्ट्र बैंकले गरेको अध्ययनले समेत सरकारी नीति अनुसारको लागतमा वैदेशिक रोजगारमा जान नसक्ने अवस्था रहेको उल्लेख गरेको थियो । खाडी र मलेसिया बाहेक अन्य देशमा जानको लागि पनि सरकारी प्रक्रियामा जाने म्यानपावरहरुले १ लाख भन्दा बढी नलिने प्रतिबद्धता सहितको कागजात पेश गरि पुर्वस्वीकृति लिने गरेका छन् । तर व्यवहारमा १० गुणादेखी १०० गुणासम्म अशुली हुन्छ । पछिल्लो समय खाडी मुलुकमै जान पनि औसतमा डेढ लाख लाग्छ भने युरोपियन मुलुकहरुमा रोजगारमा जान औशतमा ६ देखि ७ लाख अशुली हुन्छ । बैदेशिक रोजगारमा जानेहरुसँग चर्को अशुली हुन्छ भन्ने कुराको विषयमा गृह मन्त्रालयले गठन गरेको कार्यदलका नेतृत्वकर्ता मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल समेत जानाकार छन् । किनकी उनि वैदेशिक रोजगार बिभागका पूर्व-महानिर्देशक समेत हुन् । उनै भुसालले वैदेशिक रोजगारमा जानेहरुबाट बिभिन्न नाममा हुने चर्को अशुलीलाई नियन्त्रण गर्न सके वैदेशिक रोजगारमा जानेहरुलाई ठूलो राहत हुनुको साथै विदेश जान लाग्ने लागतको लागि ठूलो रकम खर्च गर्न नपर्ने भएपछि मिटर ब्याजमै पैसा लिनुपर्ने बाध्यता समेत हट्ने विषयलाई आफ्नो प्रतिवेदनमा राख्न छुटाएका छन् । बरु उनको प्रतिवेदनले वैदेशिक रोजगारमा जानेहरुलाई सरकारलेनै पैसा ऋण दिएर नीति बाहिर गएर अशुली गर्नेहरु बिरुद्ध मौन बनेका छन् । 

मिटरव्याज पीडितले न्यायको माग गर्दै काठमाडौंमा लगातार प्रदर्शन गर्न थालेपछि सरकारले साउन २७ गते गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भूसालको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य