१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारमा चर्को लागत लिएको बारे मन्त्रालय र बिभाग मौन

२६ आश्विन २०७९, बुधबार ०७:४२

असोज २६, काठमाडौँ । निशुल्क भिसाको नाममा चर्को अशुली भईरहदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन बसेका छन् । 

बिभिन्न म्यानपावर कम्पनीहरुले मलेसियामा रहेका एजेन्टहरुसँग चर्को मूल्यमा डिमाण्ड किनेर ल्याई त्यसै अनुरुप मनपरी अशुली गरिरहेको पाइएको छ । यस सम्बन्धमा बिभाग र मन्त्रालय जानाकार नभएका भने होइनन् । श्रम मन्त्रालयले चर्को लागतबारे सूचना दिए बिभाग मार्फत अनुगमन हुने बताईरहँदा बिभागमा भने अनुगमन गर्ने शाखा समेत निस्क्रिय बनाइएको पाइएको छ । 


श्रम मन्त्रालय स्रोतले मङ्सिर ४ मा हुने निर्वाचन अघिसम्म कुनै अनुगमन नगर्न भनेकोले अनुगमनमा बिभागको निष्क्रियता रहेको बिभाग स्रोतले जानकारी दिएको छ । सरकारी निकायनै मौन बसेपछि मलेसिया रोजगारको लागि पर्ख र हेरको अवस्थामा रहेका केहि व्यवसायी डिमाण्ड किन्न मलेसिया जाने आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ । 

मलेसिया रोजगार लामो समय बन्द भएर निशुल्क लागतमा पठाउने सम्झौता सहित खुला गरिएको थियो । २०७२ मा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले मलेसिया र खाडी सहित ७ राष्ट्रमा कामदार पठाउँदा १० हजार भन्दा बढी लिन नपाउने गरि निर्णय लिएका थिए । गुरुङले उक्त निर्णय लिनु अघि मलेसिया रोजगारमा जान ८० हजार लागत तोकिएको थियो ।

तात्कालिन समयमा मलेसिया जानेहरुले बढीमा डेढ लाख तिरेर मलेसिया जान पाउँथे तर अहिले मलेसिया रोजगारमा पठाउने अधिकांश म्यानपावरहरुले दुई लाख देखि ३ लाखसम्म अशुली गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर