२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारमा चर्को लागत लिएको बारे मन्त्रालय र बिभाग मौन

२०७९, २६ आश्विन बुधबार ०७:४२

असोज २६, काठमाडौँ । निशुल्क भिसाको नाममा चर्को अशुली भईरहदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन बसेका छन् । 

बिभिन्न म्यानपावर कम्पनीहरुले मलेसियामा रहेका एजेन्टहरुसँग चर्को मूल्यमा डिमाण्ड किनेर ल्याई त्यसै अनुरुप मनपरी अशुली गरिरहेको पाइएको छ । यस सम्बन्धमा बिभाग र मन्त्रालय जानाकार नभएका भने होइनन् । श्रम मन्त्रालयले चर्को लागतबारे सूचना दिए बिभाग मार्फत अनुगमन हुने बताईरहँदा बिभागमा भने अनुगमन गर्ने शाखा समेत निस्क्रिय बनाइएको पाइएको छ । 


श्रम मन्त्रालय स्रोतले मङ्सिर ४ मा हुने निर्वाचन अघिसम्म कुनै अनुगमन नगर्न भनेकोले अनुगमनमा बिभागको निष्क्रियता रहेको बिभाग स्रोतले जानकारी दिएको छ । सरकारी निकायनै मौन बसेपछि मलेसिया रोजगारको लागि पर्ख र हेरको अवस्थामा रहेका केहि व्यवसायी डिमाण्ड किन्न मलेसिया जाने आउने क्रम बढिरहेको जानकारी प्राप्त भएको छ । 

मलेसिया रोजगार लामो समय बन्द भएर निशुल्क लागतमा पठाउने सम्झौता सहित खुला गरिएको थियो । २०७२ मा तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले मलेसिया र खाडी सहित ७ राष्ट्रमा कामदार पठाउँदा १० हजार भन्दा बढी लिन नपाउने गरि निर्णय लिएका थिए । गुरुङले उक्त निर्णय लिनु अघि मलेसिया रोजगारमा जान ८० हजार लागत तोकिएको थियो ।

तात्कालिन समयमा मलेसिया जानेहरुले बढीमा डेढ लाख तिरेर मलेसिया जान पाउँथे तर अहिले मलेसिया रोजगारमा पठाउने अधिकांश म्यानपावरहरुले दुई लाख देखि ३ लाखसम्म अशुली गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै