२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप केयरगिभर लैजान इजरायल सकारात्मक, पुरानो निर्देशिका बाधक

२०७९, १८ कार्तिक शुक्रबार ०७:३५

कात्तिक १८, काठमाडौं | ‘लक्की ड्र’ बाट छनौटमा नपरेका नेपाली केयरगिभर लैजान इजरायल सकारात्मक देखिएको छ । इजरायलले एक हजार १९ जना नेपाली सहायक कामदार लगिसकेको छ  भने ९० जना जति जान बाँकी रहेका छन् । कामदार छनौटको अन्तिम चरणबाट बाहिरिएका ४२५ जनालाई लैजान इजरायल सकारात्मक देखिएको हो । यसका लागि नेपाल र इजरायली अधिकारीहरूबीच छलफल भइरहेको छ । छलफलको क्रममा नेपालले उक्त कुरालाई प्रमुखताका साथ उठान गरेको थियो ।


अन्तर्वाताबाट छनौटमा परेका १६०० जनाको नाम लक्की ड्र का लागि इजरायललाई पठाएको थियो । तीमध्ये ११७५ जना लक्की ड्र मार्फत छनौटमा परेका थिए । यस्तै ४२५ जना बाहिरिएका थिए । इजरायली अधिकारीहरू सकारात्मक देखिएको र आवश्यक गृहकार्य अघि बढिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।

‘लिखित परीक्षा, स्वास्थ्य परीक्षण, मौखिक परीक्षा सबै पास गरेर लक्की ड्र मार्फत अन्तिममा फालिएका थिए । उनीहरू सबै कुरामा अब्बल हुँदा हुँदै पनि जान नपाउनु भनेको दुखद् कुरा हो,’ महानिर्देशक आचार्यले भने, ‘त्यसैले हामीले उनीहरूलाई पनि लैजान अनुरोध गरेका थियौं । इजरायली अधिकारीहरू सकारात्मक देखिएका छन् । इजरायलले हुन्छ भन्यो भने जान पाउनेछन् ।’

असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र इजरायली अधिकारीहरूबीच छलफल भएको थियो । इजरायलको जनसंख्या तथा अध्यागमन अथोरिटी (पिवा) की निर्देशक सेर्ली राइसिन, मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसाल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार र नेपालस्थित इजरायली राजदूत हनान गोदरबीच छलफल भएको थियो ।

सोही क्रममा उनीहरूले कृषि क्षेत्रमा कामदार लैजान तयार रहेको बताएका थिए । र त्यसका लागि प्रक्रिया जति सक्दो चाँडो अगाडि बढाउन आग्रह गरेका थिए ।

नेपालले कृषि क्षेत्रसँगै ‘लक्की ड्र’ मार्फत छनौटमा नपरेका कामदारलाई पनि लैजान आग्रह गरेको थियो । उक्त छलफलपछि इजरायली अधिकारीहरूले जति सक्दो चाँडो सूचना निकालेर कामदार पठाउन आग्रह गरेका थिए ।

मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले कामदार पठाउने विषयमा इजरायल सकारात्मक रहेको र आन्तरिक गृहकार्य अघि बढेको बताए । ‘उनीहरूले जतिसक्दो चाँडो सूचना निकालिदिनुहोस्, हामीलाई अरू पनि मान्छे चाहिएको छ भन्ने कुरा गर्नुभएको छ । तर, हामीलाई अहिलेको निर्देशिका अनुसार काम गर्न सकिने अवस्था छैन्,’ उनले भने ।

उनीहरूलाई पठाउन अहिलेको निर्देशिका संशोधन गर्नुका साथै वेबसाइट पनि चेञ्ज गर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको निर्देशिबाट काम गर्न सकिँदैन। त्यो परिवर्तन गर्नुपर्नेछ । यसका लागि मन्त्रीस्तरीय सहमति नभइकन हुँदैन,’ भुसालले भने ।

इजरायलले परीक्षा दिएको एक वर्ष नाघिसकेको भन्दै उनीहरूलाई लैजान अनिच्छा जाहेर गरेको थियो । त्यसका लागि थप लैजाने कामदारमा उनीहरूलाई समावेश गराउन सकिने बताएको थियो । 

‘जाँच दिएको पनि एक वर्ष नाघिसक्यो । सिधै लैजानुभन्दा नयाँ प्रोसेसमा सहभागी गराउन सकिन्छ भन्नुभएको थियो । बरू कुनै छुट दिनुपरेमा दिउँला तर, अहिलेकै चरणमा उनीहरूलाई समावेश गर्न सक्दैनौं भन्ने कुरा गरेका थिए,’ डा. भुसालले भने ।

उनीहरूलाई अर्को चरणमा पठाइने कामदारसँगै मिसाएर पठाउने वा छुट्टै प्रक्रिया मार्फत लैजाने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । ‘इलिजिवल क्याण्डिडेटहरूको स्किल टेष्ट गर्ने, र त्यही आधारमा अगाडि बढ्ने भन्ने कुरा भएको छ । त्यो गर्दा पनि विविध समस्या देखिन्छन् । अब यो सबै चुनावपछि मात्रै हुन्छ,’ डा. भुसालले भने ।

बाँकी प्रक्रिया अगाडि बढाउँदै गरेपनि मन्त्रालयले विभागलाई वेबसाइट परिवर्तन गर्न भनेको छ । ‘गत वर्षको सफ्टवेयर पोर्टल छ त्यसलाई चेन्ज गर्नुपर्नेछ, अहिले त्यसलाई परिवर्तन गर्नुहोस् भनेका छौं । मन्त्रालयले निर्देशिका संशोधन गर्ने काम पनि अघि बढाएको छ । सबै काम सकिएपछि चुनावपछि काम अघि बढ्छ,’ भुसालले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण