२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी र अनौपचारिक क्षेत्रमा रहेका श्रमिक सामाजिक सुरक्षाको दायरामा

११ मंसिर २०७९, आईतवार १५:०५

मङ्सिर ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभएको छ । 

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका छन्”, उहाँले भन्नुभयो, “यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको छ, सामाजिक सुरक्षाको हकबाट कोही पनि वञ्चित हुनुपर्दैन ।” कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको उहाँको भनाइ छ ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने जनाउँदै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताउनुभयो । ¥

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताउनुभयो । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उहाँको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गर्नुभयो । 

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कोषमा श्रमिकलाई सूचीकृत गरी नियमित योगदान गर्ने उत्कृष्ठ १० रोजगारदातालाई सम्मान गरिएको थियो । सम्मानित रोजगारदाता किरण शुज म्यानुफ्याक्चरका निर्देशन गौरव बस्नेतले सामाजिक सुरक्षा कोषमा योगदान गर्न थालेसँगै आफ्नो उद्योगमा श्रमिक र रोजगारदाताबीच सौहार्द सम्बन्ध कायम गर्न सहयोग मिलेको बताउनुभयो ।

विसं २०६७ मा सामाजिक सुरक्षा कर सङ्कलनका लागि भन्दै कोषको स्थापना गरिएको थियो । योगदानमा आधारित समाजिक सुरक्षा योजना सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय

कोषले आजदेखि बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कोषले यसअघि विराटनगर र सिमरामा सम्पर्क कार्यालय खोलेको थियो । गण्डकी प्रदेशको पोखरामा छिट्टै सम्पर्क कार्यालय खोलिने कोषले जनाएको छ । सम्पर्क कार्यालयबाट श्रमिक तथा रोजगारदाता सूचीकरणलगायतका काम हुनेछन् ।

कोषमा १७ हजार पाँच सय सात रोजगारदाता र तीन लाख ७५ हजार नौ सय चार योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २६ अर्ब योगदान रकम सङ्कलन भएको छ । कोषले हालसम्म दुई अर्ब ७० करोड दाबी भुक्तानी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य