१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान रोजगार: संगै सम्झौता गरेको भियतनामले डेढ लाख कामदार पठाउँदा नेपालले आठ सय पठायो

२१ मंसिर २०७९, बुधबार १०:४६

अनिल अधिकारी । मङ्सिर २१, काठमाडौँ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति अभावका कारण जापान रोजगारको उपयुक्त अवसर सदुपयोग गर्न नसकेको बताएका छन् । साझा सबाल मिडियासंग कुराकानीको क्रममा मन्त्री कुँवरले जापान रोजगारको लागि संगै सम्झौता गरेको भियतनामले एक लाख ६० हजार कामदार जापान रोजगारमा पठाउन सक्दा नेपालले आठ सय जना मात्र जापान रोजगारमा पठाउन सकेको बताए ।

मन्त्री कुँवरले जापानले ठूलो संख्यामा नेपाली कामदार माग गरेको तर बिबिध कारण थोरै मात्र कामदार पठाउन सकेको बताए । उनलेले जापान र कोरियाले कोटानै पुरा गर्न नसक्ने गरि कामदार माग गरेको बताए । कुँवरका अनुसार अन्य देशको तुलनामा यी देशमा नेपाली कामदार पठाउनु राम्रो कमाई र सुरक्षाको दृष्टिकोणले समेत राम्रो छ ।

मन्त्री कुँवरले देशको अर्थतन्त्रलाई धान्नमा रेमिट्यान्स मार्फत ठूलो भूमिका खेलेको श्रम मन्त्रालयलाई प्रभावकारी काम गर्नको लागि भौतिक पूर्वाधार, साधन स्रोत र जनशक्ति नदिईएको गुनाशो गरेका छन् । वैदेशिक रोजगारको उपयुक्त गन्तव्यमा नेपाली कामदार पठाउनको लागि सरकारले आवश्यक कदम चलन ढिलाई गर्न नहुने बताए । वैदेशिक रोजगारमा कामदार पठाउने झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको कारण बिभिन्न नीतिगत विषयलाई पुनर्विचार गरि परिमार्जन गर्न आवश्यक रहेको बताए ।

मन्त्री कुँवरले म्यानपावर क्षेत्रमा भएका चर्को अशुलीको सम्बन्धमा नीति बिपरित काम गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालयले सक्रिय कदम चाल्ने बताए । निर्वाचनको मुखमा भएको कारण अनुगमनको काम नदेखिएको मन्त्री कुँवरले स्वीकारे । कुँवरले वैदेशिक रोजगारमा युवाहरु बिना सिप नजाउन् भन्ने हेतुले सातै प्रदेशमा सिप बिकाश प्रतिष्ठान स्थापना गर्ने गठन आयोग क्याबिनेटमा विचाराधीन रहेको बताए । 

श्रममन्त्री कुँवरले इजरायल रोजगारमा एक हजार जना कृषि कामदार पठाउने सम्बन्धमा मापदण्ड बनिनसकेको बताए । उनले यसअघि इजरायल रोजगारमा केयर गिभरको लागि माग आएको र अझै उक्त कोटा अन्तर्गत छनौट भएका केहि युवाहरुलाई रोजगारमा पठाउन बाँकी रहेको बताए । त्यसपछि मात्र कृषि कामदार पठाउने सम्बन्धमा थप कदम चाल्ने मन्त्री कुँवरले बताए ।

अन्तर्वार्ताको पुरा भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह