१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार श्रमिकलाई वैशाख १ देखि सामाजिक सुरक्षा कोषमा जोडिने

५ पुष २०७९, मंगलवार १५:४७

पुष ५, काठमाण्डौ । आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समेटिने भएका छन् ।

श्रम मन्त्रालयले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ले मन्त्रीस्तरीय स्वीकृति पाएसँगै २०८० सालको वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा अनिवार्य रूपमा समेटिने सामाजिक सुरक्षा कोषले जनाएको छ । 

कार्यविधि कार्यान्वयनमा आएसँगै वैशाख १ गतेदेखि नै नयाँ र पुनः  स्वीकृति लिँदा सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको नम्बर अनिवार्य रूपमा आवश्यक पर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका र विदेशमै स्वरोजगार भएका व्यक्तिहरू कोषको अनलाइन प्रणालीमार्फत सूचीकरण हुन सक्ने मंगलबार आयोजित एक बिशेष कार्यक्रममा सामाजिक सुरक्षा कोषले जनाएको छन् । 

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै स्वरोजगार व्यक्तिहरूले कोषमा आबद्ध भएर बिभिन्न तीन किसिमका सुविधाहरू पाउनेछन् । जस अन्तर्गत दुर्घटना र अशक्तता, आश्रित परिवार र अवकाश तथा वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सुविधा रहेको छ । जसका लागि श्रमिकले कोषमा मासिक कम्तिमा पनि दुई हजार रुपैयाँ योगदान गर्न पर्नेछ । योगदान रकम मासिक नभए एकै पटकमा बार्षिक समेत जम्मा गर्न सकिनेछ । 

यसरी सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुले दुर्घटना उपचार खर्च वार्षिक १ लाख रुपैयाँसम्म, अशक्तता पेन्सनमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत मासिक रूपमा प्राप्त गर्ने छन् । तर यसका लागि १२ महिनामा ९ महिनाको योगदान रकम जम्मा गरेको हुनुपर्छ । 

यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको ज्यान गएमा काजकिरिया खर्च बापत २५ हजार रुपैयाँ, आश्रित पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले आजीवन पेन्सन प्रदान हुनेछ । 

त्यस्तै आश्रित परिवारको बालबच्चाले २१ वर्षसम्म पढ्नका लागि रकम पाउनेछन् ।वैदेशिक रोजगारमा गएका योगदानकर्ताहरुले भने अवधि सकिएपछि एकमुष्ट रकम लिने वा पेन्सन सुविधामा जाने भन्ने रोज्न सक्नेछन् । 

कोषमा वार्षिक रूपमा अग्रिम योगदान गर्नेहरुको हकमा कोषले कुल रकमको १० प्रतिशतसम्म छुट दिने जनाएको छ । त्यस्तै आफूले विदेशमा कमाएको रकमको खर्च कटाएर ७० प्रतिशतसम्म रकम औपचारिक माध्यममार्फत घरमा पठाएको प्रमाण पेस गरेमा योगदानकर्ताले २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ । 

सामाजिक सुरक्षा कोषमा जोडिने योगदानकर्ताहरुले नेपाल फर्किएपछि औपचारिक, अनौपचारिक र स्वरोजगारका योजनाहरूमा जान चाहेमा पनि जान सक्नेछन् । त्यस्तै ऋण सापटीको व्यवस्था हुन सक्ने प्रावधान पनि कार्यविधिमा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह