२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार श्रमिकलाई वैशाख १ देखि सामाजिक सुरक्षा कोषमा जोडिने

२०७९, ५ पुष मंगलवार १५:४७

पुष ५, काठमाण्डौ । आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू पनि सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समेटिने भएका छन् ।

श्रम मन्त्रालयले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ले मन्त्रीस्तरीय स्वीकृति पाएसँगै २०८० सालको वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा अनिवार्य रूपमा समेटिने सामाजिक सुरक्षा कोषले जनाएको छ । 

कार्यविधि कार्यान्वयनमा आएसँगै वैशाख १ गतेदेखि नै नयाँ र पुनः  स्वीकृति लिँदा सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको नम्बर अनिवार्य रूपमा आवश्यक पर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका र विदेशमै स्वरोजगार भएका व्यक्तिहरू कोषको अनलाइन प्रणालीमार्फत सूचीकरण हुन सक्ने मंगलबार आयोजित एक बिशेष कार्यक्रममा सामाजिक सुरक्षा कोषले जनाएको छन् । 

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै स्वरोजगार व्यक्तिहरूले कोषमा आबद्ध भएर बिभिन्न तीन किसिमका सुविधाहरू पाउनेछन् । जस अन्तर्गत दुर्घटना र अशक्तता, आश्रित परिवार र अवकाश तथा वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सुविधा रहेको छ । जसका लागि श्रमिकले कोषमा मासिक कम्तिमा पनि दुई हजार रुपैयाँ योगदान गर्न पर्नेछ । योगदान रकम मासिक नभए एकै पटकमा बार्षिक समेत जम्मा गर्न सकिनेछ । 

यसरी सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुले दुर्घटना उपचार खर्च वार्षिक १ लाख रुपैयाँसम्म, अशक्तता पेन्सनमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत मासिक रूपमा प्राप्त गर्ने छन् । तर यसका लागि १२ महिनामा ९ महिनाको योगदान रकम जम्मा गरेको हुनुपर्छ । 

यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको ज्यान गएमा काजकिरिया खर्च बापत २५ हजार रुपैयाँ, आश्रित पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले आजीवन पेन्सन प्रदान हुनेछ । 

त्यस्तै आश्रित परिवारको बालबच्चाले २१ वर्षसम्म पढ्नका लागि रकम पाउनेछन् ।वैदेशिक रोजगारमा गएका योगदानकर्ताहरुले भने अवधि सकिएपछि एकमुष्ट रकम लिने वा पेन्सन सुविधामा जाने भन्ने रोज्न सक्नेछन् । 

कोषमा वार्षिक रूपमा अग्रिम योगदान गर्नेहरुको हकमा कोषले कुल रकमको १० प्रतिशतसम्म छुट दिने जनाएको छ । त्यस्तै आफूले विदेशमा कमाएको रकमको खर्च कटाएर ७० प्रतिशतसम्म रकम औपचारिक माध्यममार्फत घरमा पठाएको प्रमाण पेस गरेमा योगदानकर्ताले २० प्रतिशत छुट रकम फिर्ता हुने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ । 

सामाजिक सुरक्षा कोषमा जोडिने योगदानकर्ताहरुले नेपाल फर्किएपछि औपचारिक, अनौपचारिक र स्वरोजगारका योजनाहरूमा जान चाहेमा पनि जान सक्नेछन् । त्यस्तै ऋण सापटीको व्यवस्था हुन सक्ने प्रावधान पनि कार्यविधिमा राखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी