२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युके सिजनल भिसामा ठगी, दूतावासको लेटर हेड र छापको दुरुपयोग

२०७९, २२ पुष शुक्रबार ०८:३७

पुस २१, काठमाडौँ | लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन।

 

यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधिकृत रुपमा प्रयोग गरी 'यूके सिजनल भिसा मिति परिवर्तन बारेमा' शीर्षकसहित सूचना सार्वजनिक भएको थियो।  त्यो सूचनाको भर नपर्न र उक्त सूचना दूतावासले जारी नगरेको बिहीबारको सूचनामा उल्लेख छ। 

दूतावासले जारी गरेको सूचनामा भनिनएको छ, 'बेलायतको सिजनल वर्कर भिसा सम्बन्धमा सन् २०२२ का लागि अन्तर्वार्ताको मिति परिवर्तन भएको भनी यस राजदूताबासबाट जारी भएको भनी प्रचार गरिएको सूचना राजदूताबासबाट जारी नभएकाले यो झूटो सूचनालाई आधार मानी भिसा आवेदन नगर्न नगराउनुहुन अनुरोध छ।'

गलत सूचनालाई आधार मानेर वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा दूतावास जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ ।

बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण