११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युके सिजनल भिसामा ठगी, दूतावासको लेटर हेड र छापको दुरुपयोग

२२ पुष २०७९, शुक्रबार ०८:३७

पुस २१, काठमाडौँ | लण्डनस्थित नेपाली राजदूतावासले बेलायतको सिजनल भिसाबारे कुनै सूचना जारी नगरेको प्रष्टीकरण दिएको छ। नेपाली दूतावासले बिहीबार सार्वजनिक गरेको सूचना अनुसार बेलायतको सिजनल भिसा बारे दूतावासले कुनै पहल र सूचना जारी गरेको छैन।

 

यसअघि पुस १८ गते दूतावासकै लेटर हेड, छाप र दस्तखत अनधिकृत रुपमा प्रयोग गरी 'यूके सिजनल भिसा मिति परिवर्तन बारेमा' शीर्षकसहित सूचना सार्वजनिक भएको थियो।  त्यो सूचनाको भर नपर्न र उक्त सूचना दूतावासले जारी नगरेको बिहीबारको सूचनामा उल्लेख छ। 

दूतावासले जारी गरेको सूचनामा भनिनएको छ, 'बेलायतको सिजनल वर्कर भिसा सम्बन्धमा सन् २०२२ का लागि अन्तर्वार्ताको मिति परिवर्तन भएको भनी यस राजदूताबासबाट जारी भएको भनी प्रचार गरिएको सूचना राजदूताबासबाट जारी नभएकाले यो झूटो सूचनालाई आधार मानी भिसा आवेदन नगर्न नगराउनुहुन अनुरोध छ।'

गलत सूचनालाई आधार मानेर वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा दूतावास जवाफदेही नहुने पनि सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाउने गरेको पाइएको छ ।

बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह