अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा"/>
अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा"/>
अनिल अधिकारी । वैदेशिक रोजगार क्षेत्र नेपालको वर्तमान परिवेशमा बृहत बेथितिको मोडमा छ । यस्तो लाग्छ कि यो कुनै खुला चौर वा बगरमा मरेको सिनो जस्तै अवस्थामा छ । जसलाई जसले पनि देखिरहेको छ र पनि पन्छाउने साहश गर्दैन ।
मेरो नजरमा वैदेशिक रोजगार क्षेत्र पटक्कै व्यवस्थित छैन । पैसाको बार्गेनिङ यसरि चल्छ कि यसलाई नियन्त्रण गर्नपर्ने हरेक निकाय आफैमा निरिह बनिदिन्छ । नीतिमा के छ त्यसको व्यवहारिकता मिलिरहेको छैन । नीतिलाई सम्बन्धित निकायले बार्गेनिङ गर्ने फगत कागज बनाइदिएका छन् । जुन फगत कागजको पावर यस्तो छ कि श्रम मन्त्रालयमा जिम्मेवार मन्त्री, सचिवदेखि मातहतका सबैजसो कर्मचारीहरु मस्तले मोटाइरहेका छन् । उनिहरुलाई न विदेश जानेले चर्को लागत तिर्नुपरेकोमा चिन्ता छ नत वैदेशिक रोजगारकै नाममा बिचौलियाहरुको राज चलेकोमा चिन्ता छ ।
यस्तो लाग्छ कि यो क्षेत्रमा बेथितिकै लागि हो । बेथिति नभए प्रधानमन्त्रीसम्मको राशन-पानी बन्द हुन्छ । वैदेशिक रोजगार क्षेत्रमा ठगि गर्नेहरुको जालो एक हदसम्म हुनु राज्यको निरीहता होला तर प्रधानमन्त्रीसम्मले यो क्षेत्रको बेथितिलाई अनदेखा गर्नु सामान्य कुरा होइन । अनदेखा नहोस् पनि कसरी ? विदेश स्थित राजदुत र श्रम सहचारी नियुक्त गर्दादेखिकै बार्गेनिङ चल्छ । श्रम सहचारीहरु नियुक्त गर्दा होस् वा मन्त्रालय मातहतका जिम्मेवार पदमा पठाउँदा होस्, आफ्नो पक्षमा वा आर्थिक लाभ लिएर विदेशिने कामदारहरु सकेसम्म लुट्नु भनि पठाइएको हुन्छ । जसको परिणाम विदेशिने कामदारहरु नीतिसंगत बाटोबाट वैदेशिक रोजगारमा पुग्न सक्दैनन् ।
युवाहरु दिनदहाडै ठगिएर नेपाल एयरपोर्टबाट बाहिरिँदा राज्यको रिपोर्टमा वैदेशिक रोजगारमा गएका युवाहरु नीतिगत रुपमै अक्षरश: नीति पालना गरेर विदेश गएका छन् भन्ने बनिसक्छ । यसको परिणाम विदेशिने युवाहरुले परदेशी बनेसँगै राज्य बिरुद्ध र सिस्टम बिरुद्ध सामाजिक संजालमा लेख्ने स्टाटसले स्पष्ट पर्छ ।
वैदेशिक रोजगार बिभागमा सरकारको श्रममन्त्री भन्दा छिटो महानिर्देशकहरु फेरिन्छन् । विदेशिने युवाको हितमा काम गर्छु भन्ने एकाद कर्मचारी आईहाले पनि बिभागको चंगुलमा पुगेपछि निरिह बनिदिन्छन् । मैले सुनेको कुरा: बिभागमा पुग्ने हरेक जिम्मेवार अधिकारीहरु जति धेरै आफ्नो जिम्मेवारीमा टिक्छन्, त्यतिनै धेरै बेथितिको संरक्षक बनेका हुन्छन् । मन्त्रालयदेखिनै एकखाले सेट मिलाएर मातहतको निकायमा कर्मचारी सेट गरिन्छ । जुन सेट बिभागलाई सुधार्न नभई थप बिगार्न वा फगत कागजमा बिभागले आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ भन्ने रिपोर्ट तयार पार्न माहिर हुन्छन् । मैले यो कुरा वैदेशिक रोजगार क्षेत्रका व्यवसायी वा कुनै बाहिरी दुनियाबाट सुनेको होइन । मेरो आँखाले सम्बन्धित निकायभित्र देखिएका केहि सज्जन कर्मचारीहरुले सुधारको कुरामा छलफल गर्दा पाएको गुनाशो व्यक्त गरेको हुँ । कुनै निकायभित्र बेथितिलाई प्रश्रय दिने तत्वहरुको हावी हुनु वा राम्रो नेतृत्व आउँदा समेत माथिबाट असहयोग हुनुले यो क्षेत्र सुधारको तादम्यता मिलिरहेको छैन भन्ने स्पष्ट छ ।
वैदेशिक रोजगार क्षेत्रमा केहि सज्जन व्यवसायीहरु पनि छन् । आदर्शका सगरमाथा बनाउने केहि व्यवसायीहरु समेत राज्यको नीतिसामु अस्पष्ट छन् । एकातिरबाट हेर्दा उनीहरु समेत ठगिराजका सैनिक जस्ता देखिन्छन् । उनीहरुको बयान पनि ठिकै लाग्ने खालका छन् । उनीहरुको बयान हुन्छ कि राज्यले कि त बनेको जुन नीति छ त्यसै नीतिलाई हदैसम्मले कस्नुपर्छ कि त व्यवसायीलाई सर्वमान्य विषयमा नीति परिमार्जन गरेर कडाई गर्नुपर्ने हुन्छ । यहाँ कस्नुपर्ने कुरालाई बढी जोड किन दिईएको हो भने यो क्षेत्रको बेथिति नियन्त्रणको आजसम्मको प्रयास असफल हुनुमा खुकुलो कार्यान्वयनको अवस्थानै बढी दोषी देखिन्छ ।
फेरी स्पष्ट यो पनि हुनुपर्छ कि कस्ने विषय व्यवसायी वा बिचौलियालाई मात्र होइन, श्रम मन्त्रालय मातहतका सबै निकायलाई कस्न सक्नुपर्छ । नीति कार्यान्वयनको पाटोमा सकारात्मक परिणाम आउनको लागि जिम्मेवार निकाय आफै जिम्मेवार र इमान्दार हुनु जरुरी छ ।
अब इमान्दारिताको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै अब वैदेशिक रोजगारको तमाम बेथिति सुधारको जिम्मेवारीको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा आएको छ । वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुकै सुभेच्छाले सदनमा आफ्नो बलियो उपस्थिति बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम मन्त्रालय पाउनु आफैमा ठूलो परिक्षाको उपहार हो । यो उपहारले पार्टीलाई थप बलियो बनाउने वा आलोचनाको सिकार बन्ने भन्ने कुराको ठूलो भूमिका देखिनेछ । जिम्मेवारी सानो जस्तो तर प्रतिफल निकै भयानक आउने क्षेत्रको रुपमा श्रम मन्त्रालयलाई हेर्नुपर्ने वर्तमान अवस्था छ । देशको ठूलो हिस्सा वैदेशिक रोजगारमा गएका युवाहरुले ओगटेको हुँदा यसको सुधार वा आलोचनाको सिकारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप उदाउने वा अस्ताउने दोबाटोलाई पुर्याएको छ ।
रास्वपाले श्रम मन्त्रालय दावी गरेर पायो वा अरुले छोडेको कारण पायो, त्यो मलाई थाहा छैन तर यो मन्त्रालयको जिम्मेवारी पाउनु रास्वपाको लागि भविष्य लेख्ने मुख्य हतियार मानेको छु । मैले यो मन्त्रालयको जिम्मेवारी रास्वपाले पाईराख्दा यो विश्लेषण गरिरहेको छु कि अब यो पार्टीको भविष्य र अस्तित्व यो मन्त्रालयमा पुगेर उसले पाउने स्यावासी वा आलोचनामा भर पर्नेछ । आलोचनाको पात्र भए पार्टी अस्तित्वमै प्रश्न चिन्ह खडा हुनेछ । स्यावासी पाए अझै शक्तिशाली बन्नेछ ।