११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको खुलाशा, लगत्तै म्यानपावको वेबसाइट बन्द !

३ माघ २०७९, मंगलवार १५:५८

माघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका श्रम मन्त्री डिपी अर्याल म्यानपावर व्यवसायी रहेको पाइएको छ । मन्त्री अर्यालले म्यानपावर कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजाने काम गरेको पाइएको छ ।

माथिको तश्वीर: वेबसाइट बन्द हुनुअघि म्यानपावरको वेबसाइटबाट प्राप्त स्क्रिनसट हो । म्यानपावरको टिमको साथमा मन्त्री अर्याल सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का एक जना नेता (बसेकाहरु मध्ये बीचमा) पनि छन् ।

समानुपातिक पद्धतिबाट सांसद् अर्याल जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक समेत रहेका छन् ।


रास्वपाले गरेको निर्णयकै आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरेर र मंगलबार पद तथा गोपनीयताको शपथ समेत दिलाईसकिएको छ । अर्याल नयाँ बानेश्वरस्थित श्रृष्टि ओभरसिज इम्प्लाेयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक रहेको म्यानपावरको वेबसाइटमा उल्लेख छ । ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ ।

समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेवसाइट समेत बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह