९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतको सरकारी स्वास्थ्य संस्थामा १७०८ जना नेपाली हेल्थ टेक्निसियहरुको माग

१६ माघ २०७९, सोमबार ०२:०९

माघ १६, काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ ।

कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेश्नल प्रा.लि बीच नेपाली कामदार पठाउन सम्झौता भएको छ ।

कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनल प्रा.लि. ले जानकारी दिए । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको प्रा.लि. को दावी छ । कुवेतबाट करिब १७०८ जना कामदारको माग भएको छ ।

दैनिक आठ घण्टा काम र हाप्तको एक दिन छुट्टि हुने उक्त सेवामा प्रत्येक डिप्लोमा गर्ने कामदारहरुलाई १ लाख ७ हजारभन्दा माथि पारिश्रमिक हुने व्यवस्था रहेको बताएको छ । त्यस्तै बिएस्सी गरेकालाई १ लाख ३० हजारभन्दा बढी पारिश्रमिक पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।

उक्त कामका लागि डिप्लोमा र बिएस्सी उत्र्तिण गरेका विद्यार्थी, युवाहरुले नेपालमा न्युनतम २ वर्ष काम गरेको अनुभव चाहिने र आवश्यक कागजात उपलब्ध गराउनुपर्ने छ । सो कामका जान इच्छुक योग्यता पुगेका नेपालीले फेब्रुवारी अन्तिममा हुने परीक्षामा सहभागी भई पास गनुृपर्ने कम्पनी व्यवस्थापकले जनाएको छ । आवश्यक परमर्शा तथा जानकारीका लागि अफिसियल फेसबुक लिंक तथा अफिसमा सम्पर्क गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो