२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियन गृहमन्त्रीको गुनासो : नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भयो

२० माघ २०७९, शुक्रबार ०९:४०

माघ २०, काठमाडौँ | नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले बताएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो रहेको बताएका हुन्। श्रम मन्त्री अर्यालले यसविषयमा आफूहरुले पनि सोचिरहेको र परिमार्जन गरेर जतिसक्दो छिटो पठाउने गरी प्रक्रिया मिलाउने बताए। 


मलेसियाका कम्पनीले कामदार माग गरेको महिनौंपछि मात्रै श्रमिक पुग्ने गरेको गुनासो गरेका छन्। नेपालबाट श्रमिक लैजान मागपत्र दूतावासमा प्रमाणिकरण गराउनुपर्छ। त्यसपछि पुनः स्वीकृति लिएर श्रमिक छनौटको प्रक्रिया अगाडी बढाउने व्यवस्था छ। त्यसका लागि ७ दिने सूचना पनि प्रकाशित गर्नुपर्ने व्यवस्था छ। स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति लिनुपर्छ।

नेपालका सरकारी निकायले भटाभट काम गरे पनि डेढ महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए। नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौता अक्टोबरमा सकिँदैछ। त्यसको नविकरण गर्दा समय सापक्ष बनाउने सहमती भएको छ। यसका लागि दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिले गृह कार्य गर्नेछ। श्रम मन्त्री अर्यालले भलेसियन गृहमन्त्रीसँग त्यहाँका नागरिक सरह नेपालीलाई पनि व्यवहार गर्न तथा सेवासुविधा दिन आग्रह गरेका छन्। 

गृहमन्त्री सैफुद्दिनले मलेसियाले २०२४ भित्रमा ५ लाख श्रमिक लैजाने लक्ष्य रहेको बताएका छन्। त्यसमा नेपालीलाई प्राथमिकतामा राख्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन्। यस्तै दुई देशबीच तालिमप्राप्त श्रमिक पठाउने विषयमा पनि छलफल भएको छ। गृहमन्त्री सैफुद्धिनले शुक्रबारै अपरान्ह ४ बजे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश