२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतमा ‘आदिपुरुष’ले हेरफेर गर्‍यो चार डायलग

२०८०, ७ असार बिहीबार ०७:१२

एजेन्सी | भारतमा तीव्र आलोचना खेपिरहेको फिल्म ‘आदिपुरुष’ले केही विवादित संवाद हेरफेर गरेको जनाइएको छ । भारतभित्रै यी संवादलाई लिएर विरोध भएपछि निर्माताले पुरानो संवादलाई नयाँले प्रतिस्थापन गरेको जनाएका छन् । इन्डियन एक्सप्रेसका अनुसार चार विवादित डायलगलाई परिवर्तन गरिएको हो ।

अब फिल्ममा हनुमानको मुखबाट ‘जलेगी भी तेरे बाप की…’ जस्ता संवाद सुन्न पाइने छैन । फिल्म रिलिज भएदेखि नै विवादमा परेका निर्माताले फिल्मको संवाद परिवर्तन गरेका छन् । ‘कपडा तेरी बाप का, तेल तेरी बाप का, आग तेरी बाप की तो जलेगी भी तेरे बाप की’ भन्ने विवादास्पद संवादको सट्टा हनुमानले अब भने– ‘कपडा तेरी लंका का, तेल तेरी लंका का, आग तेरी लंका’का, कि तो जलेगी ही तेरी लंका ही’ भनेका छन् ।

उक्त अखबारले मंगलबारदेखि यी डायलगमा परिवर्तन गरिएको जनाएको छ । यीबाहेक अरु केही संवाद पनि परिवर्तन भएका छन् । भाषामा खासै परिवर्तन नभए पनि केही शब्द मात्रै परिवर्तन भएका छन् । उदाहरणको लागि जहाँ हनुमानलाई तँ भन्दै बोलिएको थियो, त्यहाँ तिमी शब्द राखिएको छ । ‘लंका लगा देंगे’को सट्टा लंकामा आगो लगाइनेछ भनिएको छ ।

परिवर्तन गरिएका संवाद यस्ता छन्-

पहिले : कपड़ा तेरे बाप का.. तो जलेगी भी तेरे बाप की

अब : कपड़ा तेरी लंका का… तो जलेगी भी तेरी लंका

पहिले : जो हमारी बहनों को हाथ लगाएंगे.. हम उनकी लंका लगा देंगे ।

अब : जो हमारी बहनों को हाथ लगाएंगे.. हम उनकी लंका में आग लगा देंगे ।

पहिले : मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को लंबा कर दिया है ।

अब : मेरे एक सपोले ने तुम्हारे इस शेषनाग को समाप्त कर दिया है ।

पहिले : तू अंदर कैसे घुसा… तू जानता भी है कौन हूं मैं ।

अब : तुम अंदर कैसे घुसे… तुम जानते भी हो कौन हूं मैं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति