१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक पुरुषोत्तम न्यौपाने युरोप प्रस्थान

२० आश्विन २०७३, बिहीबार १०:२८

असोज २० पोखरा । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, छठ, नेपाल सम्बत्का अवसरमा देश र विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना भैरहेका छन् । यस्ता कार्यक्रममा भाग लिन नेपाली साँगीतिक क्षेत्रका कलाकार व्यस्त छन् ।

यसै क्रममा चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने बुधबार युरोप प्रस्थान गरेका छन् । युरोपका विभिन्न शहरमा आयोजना हुने बडा दशैँ लोक दोहोरी धमाकामा सहभागी हुन उनी युरोपतर्फ लागेका हुन् । बुधबार राती कतार एयरवेजबाट काठमाण्डौ–दोहा–डेनमार्क हँुदै फिनल्याण्ड लागि उनी श्रीमती भगवती न्यौपानेसँगै युरोप तर्फ गएका हुन् ।

 

उनी एक महिना युरोप भम्रणमा रहनेछन् । एक महिने युरोप बसाईका क्रममा फान्स, स्पेन, बेल्जियम, पोर्चुगल, जर्मन, फिनल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी जनाउने तय भएको छ । न्यौपानेले तिहार जर्मनमा श्रीमतीको भाई अनिश भट्टराईकोमा मनाउनेछन् । तिहार मनाएर उनी नेपाल फर्कने कार्यक्रम रहेको उनले बताए । युरोपमा हुने कार्यक्रममा न्यौपानेले आफ्ना चर्चीत साँगीतिक कोशेली दर्शकहरुलाई सुनाउने छन् ।

वि.सं. २०४६ सालमा ‘वलाम देवि थान’ बोलको गीत रेकर्ड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका न्यौपाने विदेशमा रहेका नेपालीसँग यसपालि दशैँ तिहार मनाउने अवसर पाएकोमा खुशी छन् । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष न्यौपानेका हालसम्म पाँचसय भन्दा बढी गीत दर्शक श्रोता माझ आइसकेका छन् । लोकदोहोरी पारखीलाई मन्त्रमुग्ध पारी साँगीतिक तृष्णा मेटाउन सक्ने खुबी उनको आवाजमा रहेको छ । उनका मिर्मि मुनि काली थुनेको, ढुंगे धारामा, घाम जस्तो चम्किलो, पानि घट्टमा लगायतका गीत दर्शकश्रोताले अत्याधिक रुचाएका थिए । उनी सँगै गायक प्रमोद खरेल समेत युरोप प्रस्थान गरेका छन् ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का