असोज ३०, काठमाडौं | यूएईमा नियमित नेपाली फिल्मको प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३०, काठमाडौं | यूएईमा नियमित नेपाली फिल्मको प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ ।

<"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा नियमित नेपाली फिल्म लाग्ने

२०७३, ३० आश्विन आईतवार ०५:२७


असोज ३०, काठमाडौं | यूएईमा नियमित नेपाली फिल्मको प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ ।

मिलन चाम्सको निर्माण र निर्देशन रहेको ‘वीरविक्रम’ युएईका विभिन्न नौ सहरमा एकसाथ प्रदर्शनी भएको हो । यूएईका सबै प्रान्तका ११ वटा सिनेमा हलहरूमा एकसाथ ‘वीरविक्रम’ प्रदर्शनी गरिएको हो । जसमा सिन्धगा मल्टिप्लेक्स बरदुबईमा फिल्म हाउसफुल भएको थियो । यसरी हाउसफुल अन्य विदेशी भाषी फिल्म विरलै हुने गरेको सिन्धगा मल्टिप्लेक्सका कर्मचारीले बताएका छन् ।

नेपाली फिल्म प्रदर्शनको शुभारम्भ गर्दै नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत नेत्र टन्डन, नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्स नेपालका सालिक सुवेदीले नेपाली फिल्मलाई आगामी दिनका लागि बजार विस्तारीकरणको शुभकामना दिएका थिए । यूएईमा नेपाली फिल्म प्रदर्शनीको वातावरण कन्सेप्ट भिजनका सालिक सुवेदी लगायतको पहलमा भएको हो । प्रदर्शनीको अवसरमा वक्ताहरूले यूएईबाट नेपाली फिल्मको बजार अन्तर्राष्ट्रयीकरण भएको बताएका थिए ।

‘वीरविक्रम’ नेपालमा भने भदौ ३ मा रिलिज भएको थियो। कन्सेप्ट भिजनका राजन अधिकारीले दिएको जानकारी अनुसार अब यूएईमा नेपाली फिल्म नियमित रूपमा बिहीबार, शुक्रबार र शनिबार चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन