१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रामायण’को सेटमा मोबाइल प्रतिबन्ध

२५ चैत्र २०८०, आईतवार ११:३४

चैत २५, काठमाडौँ । नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् ।

यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी र टोलीलाई सेटबाहिर ननिस्कन निर्देशन दिएको छ ।

आवश्यक कलाकार र प्राविधिकलाई मात्र छायांकन सेटमा बस्न भनिएको छ । अरु सबैलाई प्रवेशमा रोक लगाइएको छ । फिल्ममा अरुण गोविल राजा दशरथको भूमिकामा देखिने तस्वीरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरेकी छिन् ।


पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार गरिएको छ । पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गर्ने बाल कलाकारले सुटिङ गरिरहेका छन् ।

इण्डिया टुडेका अनुसार रणवीरले पनि छिट्टै यो फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । निर्माता र उनको टोली रणवीरको कुनै पनि वास्तविक फुटेज सार्वजनिक नहोस् भन्नेमा सचेत छन् । यसकारण उनीहरुले सेटमा आफ्नो बडी-डबल राख्ने पनि सोचिरहेका छन् ।

फिल्म ‘रामायण’लाई निर्माण पक्षले तीन भागमा रिलिज गर्ने भएको छ । पहिलो भाग अर्को वर्षको दोस्रो त्रैमासिकमा रिलिज हुने अपेक्षा छ । फिल्ममा साई पल्लवी माता सीताको भूमिकामा हुनेछिन् भने ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । यद्यपि निर्माताबाट आधिकारिक घोषणा आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण