२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘रामायण’को सेटमा मोबाइल प्रतिबन्ध

२०८०, २५ चैत्र आईतवार ११:३४

चैत २५, काठमाडौँ । नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् ।

यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी र टोलीलाई सेटबाहिर ननिस्कन निर्देशन दिएको छ ।

आवश्यक कलाकार र प्राविधिकलाई मात्र छायांकन सेटमा बस्न भनिएको छ । अरु सबैलाई प्रवेशमा रोक लगाइएको छ । फिल्ममा अरुण गोविल राजा दशरथको भूमिकामा देखिने तस्वीरबाट थाहा भएको छ । रानी कैकेयीको भूमिकामा लारा दत्तले अभिनय गरेकी छिन् ।


पिंकभिलाको रिपोर्ट अनुसार फिल्म सिटीमा गुरुकुलको सेट तयार गरिएको छ । पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गर्ने बाल कलाकारले सुटिङ गरिरहेका छन् ।

इण्डिया टुडेका अनुसार रणवीरले पनि छिट्टै यो फिल्मको सुटिङ सुरु गर्ने भएका छन् । निर्माता र उनको टोली रणवीरको कुनै पनि वास्तविक फुटेज सार्वजनिक नहोस् भन्नेमा सचेत छन् । यसकारण उनीहरुले सेटमा आफ्नो बडी-डबल राख्ने पनि सोचिरहेका छन् ।

फिल्म ‘रामायण’लाई निर्माण पक्षले तीन भागमा रिलिज गर्ने भएको छ । पहिलो भाग अर्को वर्षको दोस्रो त्रैमासिकमा रिलिज हुने अपेक्षा छ । फिल्ममा साई पल्लवी माता सीताको भूमिकामा हुनेछिन् भने ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिनेछन् ।

रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन् । यद्यपि निर्माताबाट आधिकारिक घोषणा आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा