१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

१० असार २०८१, सोमबार ०३:२८

असार १०, काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् ।

सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए ।

विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।

विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् ।

उनीहरुले भनेका छन्-‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौँ । सात वर्षअघिको आजको दिन हामी दुवैले एकअर्काको आँखामा माया देखेका थियौँ । हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ । यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौं जहाँ हाम्रो परिवार र भगवान दुबैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौं ।'

विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल