१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म भूल भुलैया- ३ को सस्पेन्सले भरिएको पोष्टर सार्बजनिक

९ आश्विन २०८१, बुधबार ११:४७

असोज ९, काठमाडौँ ।  कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘भूल भुलैया ३’ को दर्शकमा निकै क्रेज रहेको छ । फ्यानहरूले यस फिल्मसँग सम्बन्धित हरेक अपडेटमा नजर राखिरहेका छन् । 

बुधबार निर्माण पक्षले यस फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । योसँगै रिलिज पनि पुष्टि भएको छ ।  पहिलो पोस्टर सस्पेन्सले भरिएको छ

 । अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुँदैछ । 


आज सार्वजनिक गरिएको पोस्टरबाट यसको पुष्टि भएको छ । पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको हुन्छ । पोस्टर निकै सस्पेन्सफुल छ ।

पोस्टरसँगै कार्तिकले क्याप्सन लेखेका छन्, 'यो दिवालीमा ढोका खुल्नेछ'। यो फिल्मसँगै विद्या बालन पनि यो लोकप्रिय फ्रेन्चाइजको तेस्रो सिरिजमा फर्कदै छिन् । विद्या बालन फिल्म ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिकामा देखिएकी थिइन् । तर, दोस्रो पार्टमा विद्या नदेखिएर अब तेस्रो किस्तामा उनको प्रवेश भएको छ ।

‘भूल भुलैया ३’ ले बक्स अफिसमा अजय देवगन र रोहित शेट्टीको ‘सिंघम ३’सँग प्रतिस्पर्धा गर्नेछ । यो चलचित्र टी–सिरिज फिल्म्स र सिने १ स्टुडियोले निर्माण गरेको हो । थिएटर पछि, फिल्म ओटीटी रिलिज हुनेछ । आज रिलिज भएको पोस्टरबाट फिल्म कुन ओटीटीमा रिलिज हुने भन्ने पनि स्पष्ट भएको छ । यो नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार