२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म भूल भुलैया- ३ को सस्पेन्सले भरिएको पोष्टर सार्बजनिक

२०८१, ९ आश्विन बुधबार ११:४७

असोज ९, काठमाडौँ ।  कार्तिक आर्यन र तृप्ति डिम्रीको आगामी फिल्म ‘भूल भुलैया ३’ को दर्शकमा निकै क्रेज रहेको छ । फ्यानहरूले यस फिल्मसँग सम्बन्धित हरेक अपडेटमा नजर राखिरहेका छन् । 

बुधबार निर्माण पक्षले यस फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । योसँगै रिलिज पनि पुष्टि भएको छ ।  पहिलो पोस्टर सस्पेन्सले भरिएको छ

 । अनीस बज्मी निर्देशित फिल्म ‘भुल भुलैया ३’ दीपावलीको अवसरमा रिलिज हुँदैछ । 


आज सार्वजनिक गरिएको पोस्टरबाट यसको पुष्टि भएको छ । पोस्टरमा एउटा बन्द ढोका देखिन्छ, जसमा ताला झुण्डिएको छ । त्यसमा रुद्राक्ष माला र कालव बाँधिएको हुन्छ । पोस्टर निकै सस्पेन्सफुल छ ।

पोस्टरसँगै कार्तिकले क्याप्सन लेखेका छन्, 'यो दिवालीमा ढोका खुल्नेछ'। यो फिल्मसँगै विद्या बालन पनि यो लोकप्रिय फ्रेन्चाइजको तेस्रो सिरिजमा फर्कदै छिन् । विद्या बालन फिल्म ‘भूल भुलैया’ मा मञ्जुलिकाको भूमिकामा देखिएकी थिइन् । तर, दोस्रो पार्टमा विद्या नदेखिएर अब तेस्रो किस्तामा उनको प्रवेश भएको छ ।

‘भूल भुलैया ३’ ले बक्स अफिसमा अजय देवगन र रोहित शेट्टीको ‘सिंघम ३’सँग प्रतिस्पर्धा गर्नेछ । यो चलचित्र टी–सिरिज फिल्म्स र सिने १ स्टुडियोले निर्माण गरेको हो । थिएटर पछि, फिल्म ओटीटी रिलिज हुनेछ । आज रिलिज भएको पोस्टरबाट फिल्म कुन ओटीटीमा रिलिज हुने भन्ने पनि स्पष्ट भएको छ । यो नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन