२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा

२०८१, ३० आश्विन बुधबार १६:५९

काठमाडौं । २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

रिलिज मिति नजिकिँदै गर्दा दशैंको अबसरमा फुलपातीको दिन फिल्मको निर्माण ब्यानर नीता फिल्मस्ुले टिजर सार्वजनिक गर्दै प्रचारलाई गति दिएको छ । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको फिल्मको कथावस्तु थाहा पाउन दर्शक ता शुभचिन्तकहरू टिजर ट्रेलरको प्रतिक्षामा थिए । टिजरले केही हदसम्म फिल्मले उठान गरेको विषयवस्तुलाई बुझाउने प्रयास गरेको छ, पूर्ण ट्रेलर भने आउन बाँकी छ ।

फिल्ममा समावेश भारतीय र नेपाली फिल्मका स्टारकास्ट, विश्वकै ठुलो फिल्म स्टुडियो ‘रामोजी फिल्म सिटी’को छायांकनलगायतले निर्माण घोषणादेखि ट्रेण्डिङमा रहेको टिजर सार्वजनिकसँगै चर्चा बटुलिरहेको छ ।

टिजरलाई युट्यूबमा हालसम्म झण्डै सात लाख पटक हेरिएको छ । जहाँ २५ हजार बढी लाइक र २३ सय बढी प्रतिक्रिया छन् । झण्डै सत् प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको टिजर हेरेपछि दर्शकले फिल्मलाई हेर्नैपर्ने फिल्मको ‘बकेटलिस्ट’मा राखेका छन् ।

टिजरमा समावेश कलाकारको अभिनय, दृश्य, डायलग, ब्याकग्राउण्ड म्यूजिक र सिनेमाटोग्राफीलाई सयौं दर्शकले ‘रियाक्ट’गरेका छन् । नेपालदेखि भारतहुँदै पाकिस्तान र बंगलादेशसम्मका दर्शकले फिल्मको टिजरमा रियाक्सन भिडियो बनाउँदा उत्कृष्ट शब्द पस्केका छन् ।

फेसबुक र युट्यूवमा ‘ह्रस्व दीर्घ टिजर’ सर्च गर्दा सयौं भिडियो पाउन सकिन्छ । टिजरप्रति दर्शकले देखाएको चासो र व्यक्त गरेका प्रतिक्रियाले निर्माण टीम हौसिएको छ । निर्देशक चन्द्र पन्त, निर्माता अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आभार व्यक्त गरेका छन् । फिल्म उत्कृष्ट बनेको र दर्शकको भावना विपरित नरहेको भन्दै कार्तिक ३० पर्खिन निर्देशक पन्तको सुझाव छ ।

दशैंको अवसरमा प्रदर्शनमा आएका फिल्मलाई हलमा हेर्ने दर्शकले टिजरलाई पनि एकसाथ हेर्न पाएका छन् ।

हलमा फिल्म हेर्ने दर्शकबाट पनि उत्कृष्ट रेस्पोन्स आएको छ, निर्माता रहेकी अभिनेत्री ढुङ्गाना भन्छिन्, ‘नेपाल र भारतीय फिल्मका दिग्गज कलाकार र प्राविधिकसहितको टिमबाट तयार ‘ह्रस्व दीर्घ’ले सबै वर्ग, समुदाय र भाषाका दर्शकको मन जित्नेमा आशावादी छु ।’ नेपालीसँगै भारतका विभिन्न भाषामा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई यसै साताबाट थप आक्रामक बनाउने तयारीमा निर्माण टीम छ ।

निर्माता रहेकी अभिनेत्री नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नाम चलेका दर्जनबढी कलाकारहरू अभिनयमा छन् । अभिनेत्री रेखा थापाको सरप्राइज प्याकेज पनि यो फिल्ममा समावेश छ ।

फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरले सहकार्य गरेका छन् । वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ भने व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह