२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा

३० आश्विन २०८१, बुधबार १६:५९

काठमाडौं । २०८१ को सर्वाधिक प्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज हुन ठ्याक्कै एक महिना बाँकी छ, अर्थात यो फिल्म आगामी कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

रिलिज मिति नजिकिँदै गर्दा दशैंको अबसरमा फुलपातीको दिन फिल्मको निर्माण ब्यानर नीता फिल्मस्ुले टिजर सार्वजनिक गर्दै प्रचारलाई गति दिएको छ । गत महिना फिल्ममा समावेश गीत सार्वजनिक गरिएको फिल्मको कथावस्तु थाहा पाउन दर्शक ता शुभचिन्तकहरू टिजर ट्रेलरको प्रतिक्षामा थिए । टिजरले केही हदसम्म फिल्मले उठान गरेको विषयवस्तुलाई बुझाउने प्रयास गरेको छ, पूर्ण ट्रेलर भने आउन बाँकी छ ।

फिल्ममा समावेश भारतीय र नेपाली फिल्मका स्टारकास्ट, विश्वकै ठुलो फिल्म स्टुडियो ‘रामोजी फिल्म सिटी’को छायांकनलगायतले निर्माण घोषणादेखि ट्रेण्डिङमा रहेको टिजर सार्वजनिकसँगै चर्चा बटुलिरहेको छ ।

टिजरलाई युट्यूबमा हालसम्म झण्डै सात लाख पटक हेरिएको छ । जहाँ २५ हजार बढी लाइक र २३ सय बढी प्रतिक्रिया छन् । झण्डै सत् प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको टिजर हेरेपछि दर्शकले फिल्मलाई हेर्नैपर्ने फिल्मको ‘बकेटलिस्ट’मा राखेका छन् ।

टिजरमा समावेश कलाकारको अभिनय, दृश्य, डायलग, ब्याकग्राउण्ड म्यूजिक र सिनेमाटोग्राफीलाई सयौं दर्शकले ‘रियाक्ट’गरेका छन् । नेपालदेखि भारतहुँदै पाकिस्तान र बंगलादेशसम्मका दर्शकले फिल्मको टिजरमा रियाक्सन भिडियो बनाउँदा उत्कृष्ट शब्द पस्केका छन् ।

फेसबुक र युट्यूवमा ‘ह्रस्व दीर्घ टिजर’ सर्च गर्दा सयौं भिडियो पाउन सकिन्छ । टिजरप्रति दर्शकले देखाएको चासो र व्यक्त गरेका प्रतिक्रियाले निर्माण टीम हौसिएको छ । निर्देशक चन्द्र पन्त, निर्माता अभिनेत्री नीता ढुङ्गाना र अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आभार व्यक्त गरेका छन् । फिल्म उत्कृष्ट बनेको र दर्शकको भावना विपरित नरहेको भन्दै कार्तिक ३० पर्खिन निर्देशक पन्तको सुझाव छ ।

दशैंको अवसरमा प्रदर्शनमा आएका फिल्मलाई हलमा हेर्ने दर्शकले टिजरलाई पनि एकसाथ हेर्न पाएका छन् ।

हलमा फिल्म हेर्ने दर्शकबाट पनि उत्कृष्ट रेस्पोन्स आएको छ, निर्माता रहेकी अभिनेत्री ढुङ्गाना भन्छिन्, ‘नेपाल र भारतीय फिल्मका दिग्गज कलाकार र प्राविधिकसहितको टिमबाट तयार ‘ह्रस्व दीर्घ’ले सबै वर्ग, समुदाय र भाषाका दर्शकको मन जित्नेमा आशावादी छु ।’ नेपालीसँगै भारतका विभिन्न भाषामा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई यसै साताबाट थप आक्रामक बनाउने तयारीमा निर्माण टीम छ ।

निर्माता रहेकी अभिनेत्री नीता र हरिहरसँगै चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, प्रशान्त ताम्राकार, रविन्द्र झालगायत नाम चलेका दर्जनबढी कलाकारहरू अभिनयमा छन् । अभिनेत्री रेखा थापाको सरप्राइज प्याकेज पनि यो फिल्ममा समावेश छ ।

फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिहर अधिकारीको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरले सहकार्य गरेका छन् । वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ भने व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन