२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै

५ कार्तिक २०८१, सोमबार १६:३४

काठमाडौं | स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ बुधबारदेखि ओटिटी प्लेटफर्म एमएसएम भिडिओ एपमा रिलिज हुने भएको छ।

हलमा राम्रो अकुपेन्सी पाउँदै गर्दा फिल्म दुई दिनपछि डिजिटल रूपमा उतार्न लागिएको हो। निश्चल बस्नेतले फिल्म ओटिटीमा रिलिज गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए। “पर्सि रिलिज गर्दैछौं। निकै उत्साहित छौं,” उनले भने।

रिलिज र ओटिटी रणनीति
एमएसएम भिडिओ एप हालसालै सार्वजनिक भएको र छोटो समयमा ८० हजारभन्दा बढीले डाउनलोड गरिसकेको बताइएको छ। दर्शकले तोकिएको शुल्क तिरेर यस एपमा उपलब्ध फिल्महरू हेर्न सक्नेछन्।

फिल्मको लेखन र निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् भने निर्माणमा स्वस्तिमा र निश्चलको लगानी रहेको छ। दुई हप्ता मात्र हलमा प्रदर्शन भएको फिल्मले झन्डै ४ करोड रुपैयाँको ग्रस आम्दानी गरेको जनाइएको छ।

हलबाट अनलाइनमा ल्याउने पहिलो नेपाली फिल्म
‘बेहुली फ्रम मेघौली’ सम्भवतः नेपाली सिने इतिहासमा हलमा प्रदर्शन भइरहेकै बेला ओटिटी प्लेटफर्ममा रिलिज हुने पहिलो फिल्म हो।

हाल यो फिल्म अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुनेछैन, किनभने ती देशहरूमा फिल्मको हल प्रदर्शन जारी छ।

ओटिटीमा फोकस, युट्युबमा नआउने
निश्चलले आफ्ना फिल्महरू युट्युबमा नल्याउने बताएका छन्। उनका अनुसार ओटिटी प्लेटफर्मलाई फस्टाउन दिन युट्युबमा फिल्म नराख्न आवश्यक छ। “दर्शकलाई आकर्षित गर्न सकियो भने ओटिटीबाट युट्युबभन्दा राम्रो रेभिन्यू आउँछ,” उनले भने।

निश्चलको अघिल्लो फिल्म ‘दिमाग खराब’ पनि यही एपमा रिलिज भएको थियो, भने ‘महाजात्रा’ र ‘घर ज्वाइँ’ समेत एपमै उपलब्ध छन्। निर्देशक मीन भामले पनि आफ्नो फिल्म कहिल्यै युट्युबमा नल्याउने घोषणा गरिसकेका छन्। पछिल्लो समय नेपाली फिल्म उद्योग ओटिटी प्लेटफर्मप्रति आकर्षित देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने