२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ?

२०८१, ८ कार्तिक बिहीबार १३:०३
काठमाडौँ | विराज भट्टले निर्माण तथा निर्देशन गरेको एक्सन फिल्म ‘१२ गाउँ’ले कीर्तिमानी व्यापार यात्रामा अघि बढेको छ ।  दशैँको फूलपातिका दिन, असोज २४ मा रिलिज भएको यो चलचित्रले दर्शकको अभूतपूर्व साथ पाइरहेको छ। अहिले तेस्रो हप्तामा प्रवेश गरिसक्दा पनि हलहरूमा दर्शकको चाप घटेको छैन।
दशैँमा तीन प्रमुख नेपाली चलचित्र— ‘छक्कापञ्जा ५,’ ‘१२ गाउँ,’ र ‘ज्वाइँ साब’ एकसाथ रिलिज भएका थिए। यीमध्ये ‘छक्कापञ्जा ५’ ले सबैभन्दा धेरै शो पाए पनि ‘१२ गाउँ’ले दर्शकको क्रेजका कारण हलहरूमा आफ्नो शो संख्या बढाउँदै लगेको छ। प्रारम्भिक दिनहरूमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’बीचको व्यापारिक प्रतिस्पर्धा निकै नजिकको थियो। तर, पछिल्ला दिनहरूमा ‘१२ गाउँ’ले शो संख्या र आम्दानी दुवैमा अग्रता लिएको छ।
‘छक्कापञ्जा ५’ का निर्माता दीपकराज गिरीले आफ्नो चलचित्रले १५ करोड नजिक व्यापार गरेको दावी गरेका छन्। उनले फिल्मको शो संख्या नघटेको र दर्शकको चाप पनि यथावत् रहेको बताएका छन्। ‘छक्कापञ्जा ५’ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो, जसले गर्दा हलमा भएको आम्दानी चोखो मुनाफा हो।
यता, ‘१२ गाउँ’ले भने नेपाली फिल्ममा पहिले कहिल्यै नदेखिएको क्रेज पाएको छ। फिल्मको कथावस्तुलाई केही आलोचकहरूले दक्षिण भारतीय सिनेमाको नक्कल भन्दै नकारात्मक समीक्षा दिएका थिए, तर दर्शकले भने यो चलचित्रलाई व्यापक साथ दिएका छन्। वितरक गोविन्द शाहीका अनुसार, ‘१२ गाउँ’ले अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको छ, यद्यपि स्राेतका अनुसार  शाहीकाे दावीअनुसार नभए पनि चलचित्रले हिजाेसम्म १८ कराेड ८५ लाख रूपैया ग्रस कलेक्सन छ ।
यदि यो गति जारी रह्यो भने, ‘१२ गाउँ’ले नेपाली सिनेमामा सर्वाधिक कमाई गर्ने चलचित्रको कीर्तिमान राख्ने सम्भावना छ। हालसम्म सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्रको रेकर्ड ‘जारी’ ले राखेको छ, जसले २५ करोड रूपैयाँको लाइफटाइम बिजनेस गरेको थियो।
निर्माता शाहीले ‘१२ गाउँ’को दर्शक क्रेज नेपाली मात्र नभएर विदेशी चलचित्रहरूसँग तुलना गर्दा पनि विशेष रहेको बताएका छन्। उनले हलहरूमा फिल्मको अकुपेन्सी अहिले पनि फुल रहेको बताए। नेपालमा मात्र होइन, विदेशमा पनि ‘१२ गाउँ’को माग उच्च रहेको छ, यद्यपि अन्तर्राष्ट्रिय कमाइको आँकडा भने सार्वजनिक गरिएको छैन। चलचित्रमा विराज भट्ट र उनका छोरा समिर भट्टले मुख्य भूमिका निभाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह