१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने

८ कार्तिक २०८१, बिहीबार १४:१२

काठमाडौँ | भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिने निश्चित भएको छ। नेपालका तीन ठूला वितरण कम्पनीहरू ए-एट्, डीसीएन, र आरआर फिल्म्सले मिलेर यो फिल्मको वितरण अधिकार किनेका छन्।

ती कम्पनीहरूले संयुक्त रूपमा फिल्मको डिस्ट्रीब्युसन राइट ६ करोड ४० लाख रूपैयाँ (भारु ४ करोड) तिरेर प्राप्त गरेका हुन्। फिल्म नेपाल ल्याउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सून’ पोस्टर सार्वजनिक गरेको छ।

डीसीएनका प्रमुख अशोक शर्माले पुष्पा २ नेपाल भित्रने विषयमा भने, “हामीले जोखिम मोलेरै यो फिल्म ल्याउने निर्णय गरेका छौं।” नेपालमा यो फिल्मले लगानी उठाउन कम्तीमा १९ करोड रूपैयाँको ग्रस कलेक्सन गर्नुपर्नेछ।

नेपालमा ‘पुष्पा २’ ले लगानी उठाउन सफल हुनका लागि ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ जत्तिकै कमाइ गर्नुपर्ने देखिन्छ। यसको लागि फिल्मले पर्याप्त शोहरू पाउनु पनि आवश्यक छ।

फिल्मको समीक्षाहरू सकारात्मक आएमा यो लक्ष्य हासिल गर्न फिल्मका लागि गाह्रो नहुने अनुमान गरिएको छ, किनभने यसप्रति दर्शकहरूको चासो र अपेक्षा अत्यन्तै उच्च छ। अमेरिकी ओटीटी प्लेटफर्म नेटफ्लिक्सले ‘पुष्पा २’ को अधिकार २७५ करोड भारुमा किनेको छ, र रिलिजअघि नै फिल्मले विभिन्न माध्यमबाट १ हजार करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ।

यसअघि, नेपालमा सर्वाधिक महंगो मूल्यमा प्रभास अभिनीत ‘सलार’ किनेको थियो। सुकुमारन निर्देशित उक्त फिल्मलाई एप्पल इन्टरटेनमेन्टले २ करोड ७५ लाख भारुमा नेपाल ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार