२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने

२०८१, ८ कार्तिक बिहीबार १४:१२

काठमाडौँ | भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिने निश्चित भएको छ। नेपालका तीन ठूला वितरण कम्पनीहरू ए-एट्, डीसीएन, र आरआर फिल्म्सले मिलेर यो फिल्मको वितरण अधिकार किनेका छन्।

ती कम्पनीहरूले संयुक्त रूपमा फिल्मको डिस्ट्रीब्युसन राइट ६ करोड ४० लाख रूपैयाँ (भारु ४ करोड) तिरेर प्राप्त गरेका हुन्। फिल्म नेपाल ल्याउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सून’ पोस्टर सार्वजनिक गरेको छ।

डीसीएनका प्रमुख अशोक शर्माले पुष्पा २ नेपाल भित्रने विषयमा भने, “हामीले जोखिम मोलेरै यो फिल्म ल्याउने निर्णय गरेका छौं।” नेपालमा यो फिल्मले लगानी उठाउन कम्तीमा १९ करोड रूपैयाँको ग्रस कलेक्सन गर्नुपर्नेछ।

नेपालमा ‘पुष्पा २’ ले लगानी उठाउन सफल हुनका लागि ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ जत्तिकै कमाइ गर्नुपर्ने देखिन्छ। यसको लागि फिल्मले पर्याप्त शोहरू पाउनु पनि आवश्यक छ।

फिल्मको समीक्षाहरू सकारात्मक आएमा यो लक्ष्य हासिल गर्न फिल्मका लागि गाह्रो नहुने अनुमान गरिएको छ, किनभने यसप्रति दर्शकहरूको चासो र अपेक्षा अत्यन्तै उच्च छ। अमेरिकी ओटीटी प्लेटफर्म नेटफ्लिक्सले ‘पुष्पा २’ को अधिकार २७५ करोड भारुमा किनेको छ, र रिलिजअघि नै फिल्मले विभिन्न माध्यमबाट १ हजार करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ।

यसअघि, नेपालमा सर्वाधिक महंगो मूल्यमा प्रभास अभिनीत ‘सलार’ किनेको थियो। सुकुमारन निर्देशित उक्त फिल्मलाई एप्पल इन्टरटेनमेन्टले २ करोड ७५ लाख भारुमा नेपाल ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह