२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

२०८१, ३ मंसिर सोमबार १५:५१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नीता ढुंगानाको बहुप्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’ ले शुरुआती दिनमै हलमा उत्कृष्ट व्यापार गर्दै दर्शकको मन जितिरहेको छ। फिल्मले पहिलो दुई दिनमै २ करोड रुपैंयाँको व्यापार गरेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले शुक्रबार ओपनिङ दिन ८० लाख कलेक्सन गरेको थियो भने शनिबार १ करोड २० लाखको ग्रस कलेक्सन गर्दै दुई दिनमा कुल २ करोड व्यापार गर्न सफल भएको छ।

“हिजो आइतबार पनि दर्शकको राम्रो साथ पायौं। आज सार्वजनिक बिदाको दिन हाउसफुल शोहरू देखिएको छ,” निर्देशक पन्तले बताए।

तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच ह्रस्व दीर्घले डेढ सय शो पाएको थियो। शो सीमित भए पनि अकुपेन्सी १०० प्रतिशत रहनुले फिल्मप्रतिको दर्शकको उत्साह झल्काएको छ।

नीता ढुंगानाको लगानीमा बनेको यस फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका लागि बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका छन्। निर्देशक चन्द्र पन्तले यसअघि ५ दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरे पनि यो उनको निर्देशनमा बनेको पहिलो नेपाली फिल्म हो।

फिल्मका अभिनेता प्रदीप रावत आइतबार साँझ श्रीमतीसहित नेपाल आएका छन्। उनी कमालपोखरीस्थित बिग मुभिज र लमिम मलस्थित क्यूएफएक्समा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रमका लागि उपस्थित हुनेछन्। ६ करोड लागतमा निर्माण भएको यो फिल्म नेपालीसँगै तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह