१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्तिक आर्यनको करियरको सबैभन्दा धेरै कमाउने फिल्म ‘भूल भुलैया ३’, अहिलेसम्म कति कमायो?

१३ मंसिर २०८१, बिहीबार १४:२३

काठमाडौँ | ‘भूल भुलैया ३’ कार्तिक आर्यनको अहिलेसम्मको करियरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । अनीस बज्मीको निर्देशनमा तयार गरिएको यो फिल्मले हरर र कमेडीको संयोजनमार्फत बक्स अफिसमा नयाँ इतिहास रच्दैछ।

फिल्ममा कार्तिक आर्यनको रुह बाबा पात्र र मञ्जुलिकाको कथा दर्शकलाई बाँधेर राख्न सफल भएको छ। रिलिज भएको २७ दिन बितिसक्दा पनि हलमा दर्शकको भिड घटेको छैन।


१५० करोड भारुको बजेटमा बनेको फिल्मले पहिलो हप्तामै १५८ करोड २५ लाख भारु कमाएर लगानी उठाइसकेको थियो। दोस्रो हप्तामा फिल्मले ५८ करोड भारु र तेस्रो हप्तामा २३ करोड ३५ लाख भारुको व्यापार गर्यो। २७ औं दिनमा १ करोड भारुको आम्दानी गर्दै फिल्मको कुल कमाई २५० करोड १० लाख भारु पुगेको छ।

यसअघि कार्तिकको सर्वाधिक कमाउने फिल्म ‘भूल भुलैया २’ थियो, जसले १८५ करोड ९० लाख भारु कमाएको थियो।

माधुरी दीक्षित, विद्या बालन, र तृप्ति डिमरीको मुख्य भूमिकाले फिल्मलाई थप बलियो बनाएको छ। हलुका हास्य, डरलाग्दा दृश्यहरू, र रोचक ट्विस्टले दर्शकलाई बोर हुन दिएको छैन।

‘भूल भुलैया’ सिरिज बलिउडको सफल फ्रन्चाइजी रहँदै आएको छ। ‘भूल भुलैया ३’ ले पनि यो परम्परालाई निरन्तरता दिँदै, कार्तिक आर्यनको उत्कृष्ट अभिनय र उनको बढ्दो स्टार पावरले फिल्मलाई अझै उचाइमा पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्यमहरूले यो फिल्मलाई हास्य र थ्रिलरको उत्कृष्ट मिश्रण भएको र दर्शकलाई हलसम्म तान्न सफल भएको विश्लेषण गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार