१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पुष्पा २’ को प्रिमिएर शोमा महिलाको मृत्यु: अल्लु अर्जुनद्वारा दुःख व्यक्त , परिवारलाई दिए २५ लाख

२३ मंसिर २०८१, आईतवार १२:४४

काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म पुष्पा २ अहिले बक्स अफिसमा धमाका मच्चाइरहेको छ।

फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ। ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा प्रिमियर शो आयोजना गर्दा दर्शकहरूको भीडभाडका कारण एक दुखद घटना घटेको छ। भिड नियन्त्रणको अभावले भागदौड मच्चिँदा एक महिलाको ज्यान गएको छ।

मृतक महिलाको नाम रेवती रहेको छ। प्रहरीका अनुसार, उनी एक बच्चालाई बचाउने प्रयास गर्दै गर्दा दुर्घटनामा परेकी थिइन्। घटनापछि पीडित परिवारले थिएटर व्यवस्थापन र अल्लु अर्जुनविरुद्ध उजुरी समेत दर्ता गरेका छन्।

अल्लु अर्जुनले हालै एक प्रेस सम्मेलनमा घटनाप्रति दुःख व्यक्त गरेका छन्। “सन्ध्या थिएटरमा भएको यो घटना हुनु हुँदैनथ्यो। म त्यो दिन थिएटर गएको थिएँ, तर भिड बढेपछि म बीचैमा निस्किएँ। घटनाको बारेमा मलाई भोलिपल्ट मात्र जानकारी भयो” उनले भने।

फिल्मका निर्देशक सुकुमार बान्द्रेडीले पनि घटनाप्रति दु:ख व्यक्त गरेका उनले बताए । अल्लु अर्जुनले पीडित परिवारलाई सहयोगस्वरूप २५ लाख भारू प्रदान गरिएको जानकारी दिए। उनले भने, “परिवारले केही समय मागेका छन्। त्यसपछि म उनीहरूलाई भेट्न जानेछु।”

पुष्पा २ फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, र सुनीलको उत्कृष्ट अभिनय देख्न सकिन्छ। एक्सन, क्राइम र ड्रामामा आधारित यो फिल्म सुकुमारले लेखन तथा निर्देशन गरेका हुन्। ३ घण्टा २१ मिनेट लामो यस फिल्मलाई नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ