२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पुष्पा २’ को प्रिमिएर शोमा महिलाको मृत्यु: अल्लु अर्जुनद्वारा दुःख व्यक्त , परिवारलाई दिए २५ लाख

२०८१, २३ मंसिर आईतवार १२:४४

काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म पुष्पा २ अहिले बक्स अफिसमा धमाका मच्चाइरहेको छ।

फिल्मप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ। ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा प्रिमियर शो आयोजना गर्दा दर्शकहरूको भीडभाडका कारण एक दुखद घटना घटेको छ। भिड नियन्त्रणको अभावले भागदौड मच्चिँदा एक महिलाको ज्यान गएको छ।

मृतक महिलाको नाम रेवती रहेको छ। प्रहरीका अनुसार, उनी एक बच्चालाई बचाउने प्रयास गर्दै गर्दा दुर्घटनामा परेकी थिइन्। घटनापछि पीडित परिवारले थिएटर व्यवस्थापन र अल्लु अर्जुनविरुद्ध उजुरी समेत दर्ता गरेका छन्।

अल्लु अर्जुनले हालै एक प्रेस सम्मेलनमा घटनाप्रति दुःख व्यक्त गरेका छन्। “सन्ध्या थिएटरमा भएको यो घटना हुनु हुँदैनथ्यो। म त्यो दिन थिएटर गएको थिएँ, तर भिड बढेपछि म बीचैमा निस्किएँ। घटनाको बारेमा मलाई भोलिपल्ट मात्र जानकारी भयो” उनले भने।

फिल्मका निर्देशक सुकुमार बान्द्रेडीले पनि घटनाप्रति दु:ख व्यक्त गरेका उनले बताए । अल्लु अर्जुनले पीडित परिवारलाई सहयोगस्वरूप २५ लाख भारू प्रदान गरिएको जानकारी दिए। उनले भने, “परिवारले केही समय मागेका छन्। त्यसपछि म उनीहरूलाई भेट्न जानेछु।”

पुष्पा २ फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, र सुनीलको उत्कृष्ट अभिनय देख्न सकिन्छ। एक्सन, क्राइम र ड्रामामा आधारित यो फिल्म सुकुमारले लेखन तथा निर्देशन गरेका हुन्। ३ घण्टा २१ मिनेट लामो यस फिल्मलाई नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन