१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक

१६ पुष २०८१, मंगलवार १४:२१

काठमाडौँ | चलचित्र ‘एक्टरः टेक वन’ का नयाँ पोस्टर र मोशन पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक राजन भुसालका अनुसार नयाँ ब्रान्डिङ योजनाअन्तर्गत प्रचार सामग्रीको रूपमा यी पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टरमध्ये एउटामा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई प्रस्तुत गरिएको छ भने अर्कोमा मात्र खड्का र कोइरालालाई देखाइएको छ। यी पोस्टर विजय बस्यालले डिजाइन गरेका हुन्। अभिनेता राजबल्लभ कोइराला १० वर्षपछि यही चलचित्रबाट ठूलो पर्दामा फर्किएका छन्, जबकि दिव्या रायमाझीले यसै चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी छिन्। दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।

चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन्, र यसको स्क्रिप्ट उनले आकाश बरालसँग मिलेर लेखेका हुन्। प्रमुख भूमिकामा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालासँगै दिव्य देव, उषा रजक, र सुशील सिटौला रहेका छन्। अदृत फिल्म्स र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनिश भुसाल हुन्।

चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले तयार पारेका छन्। कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। पोस्टप्रोडक्सन सुपरभाइजर साहिल खान रहेको चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार