२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक

२०८१, १८ पुष बिहीबार १६:१८

काठमाडौँ |  अरमान मलिक विवाह बन्धनमा बाँधिएका छन् । उनले आश्ना श्राफसँग विवाह गरेको तस्बिर बिहीबार सार्वजनिक गरेका हुन् ।

अरमान र आश्नाले सामाजिक सञ्जालमा संयुक्तरुपमा विवाहका तस्बिरहरु पोस्ट गर्दै विवाहको बारेमा जानकारी दिए । तस्बिर सेयर गर्दै अरमानले लेखेका छन्, ‘तिमी नै मेरो घर’ ।

दुई जनाले सन् २०२३ को अगस्टमा इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । अरमानले त्यतिबेला सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गर्दै सो घोषणा गरेका थिए ।

आशना श्राफको एक भारतीय फेसन र सौन्दर्य ब्लगर, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। फेसन उद्योगमा उनको योगदानका लागि उनलाई कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि दिइएको थियो। आशना इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स छन् ।

आशनाले तरुण ताहिलियानी, मनिष मल्होत्रा ​​र जेजे वलया जस्ता प्रसिद्ध ब्रान्डहरूसँग सहकार्य गरिसकेका छन्। यसबाहेक, उनी डायर, टोरी बर्च, हर्मेस, डिजेल, टोड्स र बेली जस्ता लक्जरी ब्रान्डहरूद्वारा आयोजित विश्वव्यापी कार्यक्रमहरूमा पनि सहभागी भइन्। नोभेम्बर २०१३ मा, आशनाले आफ्नो अनलाइन व्यवसाय द स्नोब शप सुरु गरिन्, जसले फेसन संसारमा चाँडै ध्यानाकर्षण गराइन्।

३१ वर्षीया आशनाले मुम्बईको एमआईटी कलेजबाट स्नातक गरेकी छिन् र न्युजिल्यान्डमा पनि अध्ययन गरेकी छिन् । आज आशनासँग लगभग ३७ करोड रुपैयाँको कुल सम्पत्ति छ, जुन उनको शीर्ष ब्रान्डहरू र उनको युट्युब च्यानलसँगको साझेदारीबाट आउँछ।

२९ वर्षीय अरमान मलिकको पनि कूल सम्पत्ति ३७ करोड रुपैयाँसम्म रहेको बताइएको छ । अरमानका मे रहूँ या नरहूँ, बोल्दो ना जारा, हुवा हे आज पेहली बार, चले आनाजस्ता गीतहरु निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै