१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह बन्धनमा बाँधिए गायक चर्चित भारतीय गायक अरमान मलिक

१८ पुष २०८१, बिहीबार १६:१८

काठमाडौँ |  अरमान मलिक विवाह बन्धनमा बाँधिएका छन् । उनले आश्ना श्राफसँग विवाह गरेको तस्बिर बिहीबार सार्वजनिक गरेका हुन् ।

अरमान र आश्नाले सामाजिक सञ्जालमा संयुक्तरुपमा विवाहका तस्बिरहरु पोस्ट गर्दै विवाहको बारेमा जानकारी दिए । तस्बिर सेयर गर्दै अरमानले लेखेका छन्, ‘तिमी नै मेरो घर’ ।

दुई जनाले सन् २०२३ को अगस्टमा इन्गेजमेन्ट गरेको घोषणा गरेका थिए । अरमानले त्यतिबेला सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गर्दै सो घोषणा गरेका थिए ।

आशना श्राफको एक भारतीय फेसन र सौन्दर्य ब्लगर, युट्युबर र सोसल मिडिया इन्फ्लुएन्सर हुन्। फेसन उद्योगमा उनको योगदानका लागि उनलाई कस्मोपोलिटन लक्जरी फेसन इन्फ्लुएन्सर अफ द इयर २०२३ को उपाधि दिइएको थियो। आशना इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स छन् ।

आशनाले तरुण ताहिलियानी, मनिष मल्होत्रा ​​र जेजे वलया जस्ता प्रसिद्ध ब्रान्डहरूसँग सहकार्य गरिसकेका छन्। यसबाहेक, उनी डायर, टोरी बर्च, हर्मेस, डिजेल, टोड्स र बेली जस्ता लक्जरी ब्रान्डहरूद्वारा आयोजित विश्वव्यापी कार्यक्रमहरूमा पनि सहभागी भइन्। नोभेम्बर २०१३ मा, आशनाले आफ्नो अनलाइन व्यवसाय द स्नोब शप सुरु गरिन्, जसले फेसन संसारमा चाँडै ध्यानाकर्षण गराइन्।

३१ वर्षीया आशनाले मुम्बईको एमआईटी कलेजबाट स्नातक गरेकी छिन् र न्युजिल्यान्डमा पनि अध्ययन गरेकी छिन् । आज आशनासँग लगभग ३७ करोड रुपैयाँको कुल सम्पत्ति छ, जुन उनको शीर्ष ब्रान्डहरू र उनको युट्युब च्यानलसँगको साझेदारीबाट आउँछ।

२९ वर्षीय अरमान मलिकको पनि कूल सम्पत्ति ३७ करोड रुपैयाँसम्म रहेको बताइएको छ । अरमानका मे रहूँ या नरहूँ, बोल्दो ना जारा, हुवा हे आज पेहली बार, चले आनाजस्ता गीतहरु निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार