२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लाज शरणम्’मा बालेनको गीत

१८ पुष २०८१, बिहीबार १७:२४

काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाएका छन् ।

उनको शब्द, संगीत र स्वर रहेको हिपहप गीत रेकर्ड भइसकेको छ । ‘बालेनजीले गीत रेकर्ड गरिसक्नुभएको छ,’ फिल्म निर्माता कम्पनी जेपीटी क्रिएसनका प्रमुख अर्जुन घिमिरेले भने ।

उनका अनुसार अहिले अर्का गायक मिस्टर डीले उक्त गीतको बाँकी काम हेरिरहेका छन् । घिमिरेका अनुसार केही समयअघि नै यो गीतको रेकर्ड भइसकेको छ । गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । यो फिल्म १४ फागुनमा प्रदर्शन तयारीमा छ ।

स्रोतका अनुसार बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत छन् । जसमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’को लागि रेकर्ड गरिएको हो ।

‘देशका लागि फिल्म बनाएका हौं । नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि उहाँले खुसी हुँदै गीत रेकर्ड गर्न तयार हुनुभयो,’ घिमिरेले भने ।

बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु, गोर्खाली तोप, यथार्थ बालेनका चर्चित गीत हुन् । स्पोटीफाइका पछिल्लो तथ्यांकअनुसार प्लाटफर्ममा उनलाई मासिक १५ हजार ७०० पटक सुन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन