२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई बस्ने एक नेपालीले ठगेको एलिनाको आरोप, फोटोसहित गरिन् खुलासा

२५ माघ २०८१, शुक्रबार १८:०८

काठमाडौँ | गायिका एलिना चौहान हाल व्यक्तिगत जीवनका उतार-चढावका कारण चर्चामा छन्। अष्ट्रेलियाबाट फर्किएपछि उनी मेला-महोत्सवमा व्यस्त भइरहेकी छिन्। यस्तै क्रममा उनले दुबईमा रहेका एक नेपालीद्वारा ठगिएको दाबी गर्दै आरोपितको फोटोसमेत सार्वजनिक गरेकी छन्।

चौहानले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दुबईमा रहेका दीपक बराइली नामक व्यक्तिले कार्यक्रमको नाममा आफूलाई ठगेको आरोप लगाएकी हुन्। भिडियोमा उनले दीपकको फोटोसमेत राखेर ठगीबारे जानकारी दिएकी छन्।

एलिनाका अनुसार बराइलीले दुबईमा आयोजना हुने कार्यक्रममा सहभागी गराउने भन्दै आफूलाई सम्पर्क गरेका थिए। उनले आयोजकलाई आफू एलिनाको म्यानेजर भएको बताउँदै गायिकाको पारिश्रमिकका लागि पैसा मागेका थिए। तर, ती पैसा आयोजकबाट लिएर उनले आफैं हिनामिना गरेको एलिनाले भिडियोमा भनेकी छन्।

उनले कानुनी कारबाही गर्ने योजना नराखेको बताउँदै बराइलीको फोटो सार्वजनिक गरेर उनलाई पैसा फिर्ता गर्न आग्रह गरेकी छन्। साथै, उनले दीपक बराइलीले अरू धेरैलाई पनि यसरी ठगीसकेको जिकिर गरेकी छन्।

यस्तो छ एलिनाको कुरा –

एकजना दीपक बराइली भन्ने मान्छे हुनुहुन्छ । उहाँ दुबईमा बसेर ठग्ने काम गर्नु हुँदोरहेछ । उहाँले मलाई कार्यक्रमको आयोजक हुँ भनेर सम्पर्क गर्नुभयो । फेरि, उता मेन आयोजकलाई सम्पर्क गरेर म एलिनाको म्यानेजर हुँ भन्नुभयो ।

त्यति भनेर उहाँले उता एलिनाको पेमेन्टको पैसा भनेर माग्नु भएछ । मेरो पेमेन्ट भनेर मागेको त्यो पैसा उहाँले आफैँ लग्नुभयो । त्यसरी उहाँले हामीलाई एकदम मज्जाले ठग्नुभयो । मैले उहाँलाई कति अनुरोध गरेँ । कहिलेकाँही मान्छेलाई आपतविपत पर्छ भन्ने सोचेर समय पनि दिएँ । तर, उहाँले एकपटक पनि म दोषी हुँ भन्ने महसुस गर्नु भएन ।

पैसा दिने कुरा त परै जाओस्, उल्टै ठूला-ठूला कुरा गर्नुभयो । अब त्यति पैसाको लागी म केस गर्न सक्दिनँ । त्यसैले मैले यहाँ फोटो राखेको छु । उहाँको आफन्त वा चिनेको कसैले मेरो भिडिओ हेर्दै हुनुहुन्छ भने, यो भिडिओ उहाँसम्म पुर्‍याइदिनु होला ।

अहिलेसम्म उक्त व्यक्तिले पैसा फिर्ता नगरेको एलिनाको भनाइ छ । उनले दीपकले धेरैलाई ठगिसकेको जिकिर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो