७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक्टर’ विरुद्ध ‘एक्टर : टेक वन’का निर्माता अदालतमा

२ फाल्गुन २०८१, शुक्रबार १४:५१

काठमाडौँ | फिल्म ‘एक्टर : टेक वन’ का निर्माताले ‘एक्टर’ फिल्मका निर्माताबिरुद्द अनुचित लाभ लिएको आरोप लगाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

फिराद पत्रमा फिल्म रिलिज गर्न दिने भन्दै अनुचित प्रभावमा पारेर ‘एक्टर’का निर्माताले आफूहरूबाट एक महिनामा सटही हुने सर्तमा १५ लाख रुपैयाँको चेक लिएको उल्लेख छ । ‘एक्टर : टेक वन’का निर्माताले सम्झौता लिखत बदर गरि अनुचित समृद्धिको चेक बदर गरि पाऊँ भन्दै विहिबार अदालतमा मुद्दा हालेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए ।

फिराद पत्रमा आफूहरुले दिएको चेक रद्द गरिपाँउ भनी मागदावी भएको छ । फिरादपत्रमा भनिएको छ, ‘अदालतबाट चलचित्र प्रदर्शनमा रोक लगाएको आदेश विपरित हामी फिरादकर्ताहरूसँग एक्टर टेक वन चलचित्र प्रदर्शन गर्न दिने भनी र प्रतिलिपि अधिकार हनन भयो भनी झुक्याइ, जालसाझी र अनुचित दबाबमा पारी क्षतिपूर्ति बापत भन्दै अनुचित रुपमा १५ लाखको चेक लिएकाले अधृत फिल्म्स प्रालिको चेकबाट खिचिएको १५ लाखको चेक समेत फट्टा(रद्द) गरि पाऊँ ।’

मुद्दामा ‘एक्टर’ फिल्मको निर्माता कम्पनी नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रालिलाई विपक्षी बनाइएको छ । अदालतले चैत ६ गते दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको छ।

यसअघि माघ १५ गते काठमाडौं जिल्ला अदालतले ‘एक्टर’ फिल्मका निर्माताको मागअनुसार ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको थियो। तर, दुबै पक्षबीच आन्तरिक सहमति भएपछि उक्त मुद्दा फिर्ता लिइएको थियो, जसका कारण ‘एक्टर : टेक वन’ प्रदर्शनमा आएको थियो।

तर, उक्त सहमतिबारे दुबै पक्षले खुलेर जानकारी दिएका थिएनन्। अहिले पुनः कानुनी लडाइँ सुरु भएसँगै सो सहमतिबारे रहस्य खुलेको छ। अदालतका सूचना अधिकारी श्रेष्ठका अनुसार अब दुबै पक्षलाई छलफलका लागि बोलाएर कानुनी प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या