३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको फाइनल कतारमा हुने, सुजाताले छाडिन् आइडलको मंच

९ भाद्र २०७४, शुक्रबार १७:१५

साझा सबाल | भदौ ९, काठमाडौँ | नेपालकै टेलिभिजन इतिहाँसमा सर्वाधिक लोकप्रिय बनिरहेको नेपाल आइडलको फाइनल कार्यक्रम कतारमा हुने भएको छ ।


यसै बीच आज भएको नेपाल आइडलको कार्यक्रमको Top-5 बाट सुजाता बाहिरिएकि छन् । नेपाल आइडलकै टप ५ मध्ये एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकी उनि कम भोट पाएको आधारमा वाहिरिएकि हुन् । सुजाता यस अघि पनि बटम-3 मा परिसकेकी प्रतिश्पर्दी भएपनि एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकीले टप-3 सम्ममा आउने विश्वास गरिएकी थियो । तर उनि त्यस अघिनै बाहिरिन पुगेकी छन् ।


एपी-1 एचडी टेलिभिजनमा प्रसारित नेपाल आइडलको आजको कार्यक्रममा पहिलेनै वाहिरिसकेका टप-१२ प्रतिष्पर्धीहरु उपस्थित रहेका थिए । आजको नेपाल आइडलमा 'गेष्ट जज'को रुपमा गायक रामकृष्ण ढकाल उपस्थित भएका थिए । कार्यक्रमको सुरुवातमा विलसन् श्रेष्ठ र राहुल विश्वासले आफ्नो प्रस्तुति दिए ।



त्यसपछी मंचमा आएका यसअघि नै नेपाल आइडलबाट बाहिरिईसकेका 'सुरज थापा र मेनुका पौडेलले रामकृष्ण ढकालको 'झरना भइ झर्दै आउ…' बोलको गीतमा आफ्नो प्रस्तुति दिए । मेनुकाको गायनमा प्रभावित बनेका गायक ढकालले कार्यक्रम मार्फत मेनुका पौडेलसँग 'डोएट' गीत गाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमा गायक ढकालले भने – 'मेरो कमिटमेन्ट भयो, म मेनुकासँग डोएट गीत गाउँछु ।


त्यस्तै कार्यक्रममा यस अघिनै वाहिरिईसकेकी प्रमिला राई र टप-5 भित्रै रहेका बुद्ध लामाले आफ्नो प्रस्तुति दिए । उनिहरुले रामकृष्ण ढकालकै 'मायाँ गर्नेको चोखो मायाँ पनि देखियो…' बोलको गीत गाए । आजको कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा पहिलो पटक बुद्ध लामा बटम-3 मा परे । यस अघिको गाला राउण्डको कार्यक्रममा पहिलो पटक निशान भट्टराई बटम-3 मा परेका थिए ।


त्यस्तै कार्यक्रममा नेपाल आइडलको टप-5 भित्रै रहेका प्रताप दाशसँग प्रस्तुति दिन यसअघि नै वाहिरिईसकेकी केन्जल श्रेष्ठ आइन् । तर कार्यक्रममा प्रताप दास चौथो पटक बटम-3 मा परे । तर उनि आजको कार्यक्रमबाट भने सुरक्षित भएर टप-4 मा पर्न सफल बनेका छन् ।


त्यसपछी टप -5 भित्रकै निसान र सुजाता पाण्डेले आफ्नो प्रस्तुति दिए । उनीहरुले गायक रामकृष्ण ढकाल र लता मंगेस्करको आवाज रहेको गीत 'बाचुन्जेलीलाई…' बोलको गित प्रस्तुत गरे । कार्यक्रममा निकै राम्रो गायन प्रस्तुति गरेको भन्दै तारिफ पाएकी सुजाता भने जनताको भोटको आधारमा आज बटम-3 मा परिन् । तर दुर्भाग्य उनि बटम-3 मा मात्र नपरी नेपाल आइडलकै मंचबाट बाहिरिन पुगिन् ।


सुजाता र निशानको प्रस्तुति हेरिसकेपछी कार्यक्रममा गायक रामकृष्ण ढकालले निशान भट्टराईको गायन कला र स्वरको खुलेर तारिफ गरे । गायक ढकालले प्रताप दास र निशान भट्टराईको गायन खुबीलाई चिनेर भोट गर्नुपर्ने भन्दै हाम्रोलाई भन्दा राम्रोलाई छान्नुपर्ने आम दर्शकहरुलाई सुझाव दिए ।


त्यसपछी कार्यक्रममा सन्ध्या जोशी र सागर आलेले प्रस्तुति दिए । सन्ध्या जोशी यस अघिनै नेपाल आइडलबाट बाहिरिईसकेकि प्रतिष्पर्धी हुन् । उनलाई आजको कार्यक्रममा क्याटवाक समेत गराइएको थियो । सागर आले भने प्रस्तुति अघि नै आफु टप-4 मा पुगेको थाहा पाएर दंग थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही