२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको फाइनल कतारमा हुने, सुजाताले छाडिन् आइडलको मंच

२०७४, ९ भाद्र शुक्रबार १७:१५

साझा सबाल | भदौ ९, काठमाडौँ | नेपालकै टेलिभिजन इतिहाँसमा सर्वाधिक लोकप्रिय बनिरहेको नेपाल आइडलको फाइनल कार्यक्रम कतारमा हुने भएको छ ।


यसै बीच आज भएको नेपाल आइडलको कार्यक्रमको Top-5 बाट सुजाता बाहिरिएकि छन् । नेपाल आइडलकै टप ५ मध्ये एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकी उनि कम भोट पाएको आधारमा वाहिरिएकि हुन् । सुजाता यस अघि पनि बटम-3 मा परिसकेकी प्रतिश्पर्दी भएपनि एक मात्र महिला प्रतिष्पर्धीको रुपमा रहेकीले टप-3 सम्ममा आउने विश्वास गरिएकी थियो । तर उनि त्यस अघिनै बाहिरिन पुगेकी छन् ।


एपी-1 एचडी टेलिभिजनमा प्रसारित नेपाल आइडलको आजको कार्यक्रममा पहिलेनै वाहिरिसकेका टप-१२ प्रतिष्पर्धीहरु उपस्थित रहेका थिए । आजको नेपाल आइडलमा 'गेष्ट जज'को रुपमा गायक रामकृष्ण ढकाल उपस्थित भएका थिए । कार्यक्रमको सुरुवातमा विलसन् श्रेष्ठ र राहुल विश्वासले आफ्नो प्रस्तुति दिए ।



त्यसपछी मंचमा आएका यसअघि नै नेपाल आइडलबाट बाहिरिईसकेका 'सुरज थापा र मेनुका पौडेलले रामकृष्ण ढकालको 'झरना भइ झर्दै आउ…' बोलको गीतमा आफ्नो प्रस्तुति दिए । मेनुकाको गायनमा प्रभावित बनेका गायक ढकालले कार्यक्रम मार्फत मेनुका पौडेलसँग 'डोएट' गीत गाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमा गायक ढकालले भने – 'मेरो कमिटमेन्ट भयो, म मेनुकासँग डोएट गीत गाउँछु ।


त्यस्तै कार्यक्रममा यस अघिनै वाहिरिईसकेकी प्रमिला राई र टप-5 भित्रै रहेका बुद्ध लामाले आफ्नो प्रस्तुति दिए । उनिहरुले रामकृष्ण ढकालकै 'मायाँ गर्नेको चोखो मायाँ पनि देखियो…' बोलको गीत गाए । आजको कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा पहिलो पटक बुद्ध लामा बटम-3 मा परे । यस अघिको गाला राउण्डको कार्यक्रममा पहिलो पटक निशान भट्टराई बटम-3 मा परेका थिए ।


त्यस्तै कार्यक्रममा नेपाल आइडलको टप-5 भित्रै रहेका प्रताप दाशसँग प्रस्तुति दिन यसअघि नै वाहिरिईसकेकी केन्जल श्रेष्ठ आइन् । तर कार्यक्रममा प्रताप दास चौथो पटक बटम-3 मा परे । तर उनि आजको कार्यक्रमबाट भने सुरक्षित भएर टप-4 मा पर्न सफल बनेका छन् ।


त्यसपछी टप -5 भित्रकै निसान र सुजाता पाण्डेले आफ्नो प्रस्तुति दिए । उनीहरुले गायक रामकृष्ण ढकाल र लता मंगेस्करको आवाज रहेको गीत 'बाचुन्जेलीलाई…' बोलको गित प्रस्तुत गरे । कार्यक्रममा निकै राम्रो गायन प्रस्तुति गरेको भन्दै तारिफ पाएकी सुजाता भने जनताको भोटको आधारमा आज बटम-3 मा परिन् । तर दुर्भाग्य उनि बटम-3 मा मात्र नपरी नेपाल आइडलकै मंचबाट बाहिरिन पुगिन् ।


सुजाता र निशानको प्रस्तुति हेरिसकेपछी कार्यक्रममा गायक रामकृष्ण ढकालले निशान भट्टराईको गायन कला र स्वरको खुलेर तारिफ गरे । गायक ढकालले प्रताप दास र निशान भट्टराईको गायन खुबीलाई चिनेर भोट गर्नुपर्ने भन्दै हाम्रोलाई भन्दा राम्रोलाई छान्नुपर्ने आम दर्शकहरुलाई सुझाव दिए ।


त्यसपछी कार्यक्रममा सन्ध्या जोशी र सागर आलेले प्रस्तुति दिए । सन्ध्या जोशी यस अघिनै नेपाल आइडलबाट बाहिरिईसकेकि प्रतिष्पर्धी हुन् । उनलाई आजको कार्यक्रममा क्याटवाक समेत गराइएको थियो । सागर आले भने प्रस्तुति अघि नै आफु टप-4 मा पुगेको थाहा पाएर दंग थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा