२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउदी अरबमा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव: राधिका हमाल र अर्जुन सापकोटाको उत्कृष्ट प्रस्तुती

२०८२, २६ जेष्ठ आईतवार १३:३६

साउदी ।  साउदी अरेबिया पुर्बि प्रान्त दम्माममा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका राधिका हमाल र गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बन्न सफल भयो।

लोकदोहोरी प्रतिष्ठानकी उपाध्यक्षसमेत रहेकी गायिका हमालले “चञ्चले माया”, “आमा बिना अधुरो छु म…” , ” क्याम्पस पड्न आउने” जस्ता चर्चित गीतमार्फत दर्शक श्रोताको मन जित्नुभयो। यस्तै, पछिल्लो समय निकै लोकप्रिय गायक अर्जुन सापकोटाले “नाति आउँछ भनेर…”, “सुन सरीकी आमा…” लगायतका भावुक गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई देशको माटो र परिवारप्रतिको प्रेमको अनुभूति गराए। प्रवासमा रहेका नेपालीहरूका लागि दुवै कलाकारको प्रस्तुति ऊर्जा र भावनात्मक सम्बन्धको स्रोत बनेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास रियादका महामहिम राजदूत डा. नरेश विक्रम ढकालले “विदेशी भूमिमा पनि नेपाली भाषा, संस्कृति र मौलिक पहिचानलाई जोगाउँदै यस्ता कार्यक्रम गर्नु वास्तवमै सराहनीय छ। रोल्पाली सेवा समाजजस्तो संस्थाले प्रवासमा नेपालीबीच एकता र आत्मबल बढाउन उल्लेखनीय भूमिका खेलेको छ,” भन्नुभयो।

सभाध्यक्ष महेन्द्र घर्ती मगरले “मातृभूमिको लागि विश्वभर छरिएर रहेका रोल्पालीहरू गोलबन्द हौं” भन्ने सन्देश दिँदै सामाजिक एकता र सहयोगको महत्वमाथि जोड दिए।
कार्यक्रममा साउदी अरबका विभिन्न सहरहरूबाट आएका नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता थियो। साथै, स्थानीय कलाकारहरूको दमदार प्रस्तुति र मिडियाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई अझ रंगीन बनायो।
सञ्चालन पक्षबाट प्रमुख सल्लाहकार रमेश बुढा मगरले केही कमजोरीहरू भएको स्वीकार गर्दै सहभागीहरूबाट सभ्य सुझावको अपेक्षा राखेका थिए।

सांगीतिक प्रस्तुति, सांस्कृतिक विविधता र आत्मीय सहभागिताबीच सम्पन्न भएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको राष्ट्रिय भावनालाई अझ बलियो बनाएको छ।

कार्यक्रमको समापनमा प्रवास शाखा रोल्पाली सेवा समाजले “जय रोल्पा, जय मातृभूमि” भन्ने नारासहित आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्‍यो। साथै गायिका हमाल र गायक सापकोटाको साउदी अरेबियाको आभा खमिसमा पनि प्रस्तुति रहको छ ।

कार्यक्रमका तस्विरहरु….

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार