२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलले किन दियो – ४ जना मध्ये जो कोहिलाई पनि शोबाट हटाउने चेतावनी ?

२०७४, १४ भाद्र बुधबार १०:४४

काठमाडौँ | नेपाल आइडलको फाइनल कार्यक्रम नजिकिंदै गर्दा प्रतियोगीलाई विभिन्न जातिगत ट्याग भिराई बिभिन्न खाले प्रतिक्रिया दिएर बिबादित बनाउने कसरत भएका छन् । पछिल्लो समय नेपाल आइडलमा प्रतियोगीको रुपमा देखा परेका ४ जना प्रतिष्पर्धीहरुलाई जातिगत आधार हेर्दै बिभिन्न सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी भएका छन् ।  

धेरैले आफुलाई मन परेको प्रतिष्पर्धी आइडललाई जिताउन नानाथरी प्रपन्च रचेको बेला नेपालकै पहिलो अन्तराष्ट्रिय स्तरको कार्यक्रमको सानलाई गिराउने क्रियाकलाप भएको बुझिएको छ । नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने तय भइसकेको अवस्था नेपाल आइडल प्रतियोगिता मान्छेहरुको बिभिन्न आग्रह-पूर्वाग्रहको कारण बिवादित बन्दै गएको छ । नेपाल आइडलले यो विशुद्ध प्रतियोगितात्मक कार्यक्रम भएकाले यसमा बिरोध गर्न नहुने तथा प्रतियोगी मध्ये कसैले नियम बिपरित गर्न खोजे शो बाट हटाउनसम्म सक्ने धारणा सामाजिक संजालमार्फत दिएको छ । उसले भनेको छ – 'Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगि वा प्रतियाेगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दावेदारी खारेज हुनसक्छ ।' 

दर्शकहरुको भोटले नै हो नेपाल आइडल चुन्ने भन्दै नेपाल आइडलले निर्णायक मण्डलले कुनै व्यक्ति विशेषलाई समर्थन गर्‍यो भनेर सामाजिक सञ्जालमा रोइलो काढ्नेहरुको बिषयमा आफ्नो स्टाटस केन्द्रित गरेको छ । आफुलाई बिबादित बनाउदै लागेपछि यसै बिषयमा नेपाल आइडलको आधिकारिक फेसबुक पेज मार्फत निकै गहन स्टाटस पोष्ट भएको बुझ्न सकिन्छ । जसमा नेपाल आइडल हेरेर स्वतन्त्र ढंगले भोट गरि आफुलाई मन पर्ने गायन प्रतिभालाई जिताउन अनुरोध समेत गरिएको छ । 

नेपाल आइडलको आधिकारिक फेसबुकमा मंगलबारको स्टाटस यस्तो छ:-  

Nepal Idol एक अन्तराष्ट्रिय शो हो, यसको अाफ्नै नियम र तरिका हुन्छ । अरू पर्दा ठीक, अाफु पर्दा बेठीक र अाफ्नो जात, धर्म अनि समुदायको हुँदा ठीक अरूको हुँदा बेठीक भनि यसको दुष्प्रचार गरेर यसमा रहेका देशकै अाईडलहरुलाई एक समुदाय वा एक जातीमामात्र सीमित गर्ने अधिकार कसैलाई छैन । यदि कुनै प्रतियाेगि वा प्रतियाेगिको सम्बन्धित कसैले त्यस्तो गरेमा सो प्रतियोगिताबाट दावेदारी खारेज हुनसक्छ । यदि त्यस्तो हुन गएमा त्यसको जिम्मेवारी कसले लिने ? भोटिगं विशुद्ध हुन्छ, त्यहि नै यो शोको सुन्दरता हो । कसैको सनक वा अरण्ड्य रोदनको भरमा Fremantle Media Ltd. ले नेपालका लागि भनेर यसको फरमेट र तोकेको नियम परिवर्तन गर्न सक्दैन, त्यसैले शो लाई विवादित बनाउँदै जाँदा यदि नेपाल अाईडलको कुनै प्रतियोगिलाई असर पर्ने भयो भने यति दुख गरेर सफलताको यो शिखरसम्म पुगेका नेपाल अामाका यी उत्कृष्ट सन्ततीहरुको पीडाको भागीदार को बन्ने ? त्यसैले शो को मजा लिअौं, मन पर्नेलाई भाेट गरौ, जिताअौं, नेपाल अाईडलको गरिमालाई कुनै एक जाती वा समुदायमा नखुम्चाअौ । AP1 र नेपाल अाईडलका लागि सबै प्रतियोगि एकसमान छन् र रहनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा