भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जानुका राईका तीन कृति एकसाथ लोकाप्रित

१५ भाद्र २०७४, बिहीबार १५:४१


भदौ १५, काठमाडौ । गीतकार तथा समाजसेवी जानुका राईद्को तीन कृति एल्बमहरु सन्दर्भ र समय तथा गीति पुस्तक आमा एक साथ लोकार्पन गरिएको छ ।

प्राज्ञ तथा पूर्व कूलपति वैरागी, श्रवण मुकारुङ लगायत अतिथिहरुद्धारा संयुक्त रुपमा काठमाडौं, नयाँवानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्सको हलमा लोकार्पण गरिएको हो । गीतकार जानुका राईको यो भन्दा अगाडि “धर्तिको जन्म” र “समर्पण” गीति एल्बम बजारमा आईसकेको छ ।


गीतकार जानुका राईको स्वर्गीय बाबा र आमाको सम्झनामा स्थापना गरिएको भिमु मेमोरियल ट्रस्ट समाजसेवामा सक्रिय रहदै आएको संस्था हो । गीतकार जानुका राईद्वारा लेखिएका कृतिहरुको बिक्रिबाट जम्मा भएको रकम पनि शिक्षा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताईएको छ ।

समाजसेवी तथा गीतकार जानुका राईले यो भन्दा अगाडी भिमु मेमोरियल ट्रस्ट मार्फत सुम्निमा कल्चर एकेडेमीको लागि रु एक लाख एघार हजार एक सय एघार रुपैयाको अक्षयकोष खडा गरिदिएकी थिइन् । यो पटक भने, जानुका राईले चार जनालाई बार्षिक दश हजारको छात्रवृत्तिको घोषणा गरेकी छन् । 


यो छात्रवृत्ति आर्थिक स्तर कम्जोर र जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने गीतकार जानुकाले बताएकी छन् । यो पटक उदयपुरको अमित विश्वकर्मा र आशिष राई अनि काभ्रेको नारायण स्थान आवासीय विद्यालयका रोजिना लामा र सुदिप बिकलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा, गीतकार जानुका राईले वेलायतको नागरिकता त्यागेर नेपालमै समाजसेवा गर्ने पनि बताएकी छन् ।

कर्यक्रममा प्राज्ञ बैरागी काइला, कवि श्रबण मुकारुङ, गीतकार संघ नेपालका केन्द्रिय अध्यक्ष चुडामणि देवकोटा, डा. सुक्रराज राई, खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई, संगीतकार सुरेश अधिकारी, डा. बिष्णु राई, किन्दर राई लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रम सुरेन्द्र सुहाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । शिवकुमार राईको स्वागत मन्तव्य र कवि बम बानियाँले कार्यक्रम संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही